सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो « Khabarhub

सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले काठमाडौँ आएका राउटे समुदायका सदस्यलाई भेटेर उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएकी छन् ।

मन्त्री बादी आइतबार सुन्धारास्थित राउटे समुदायका सदस्य बसिरहेको स्थानमै पुगेर उनीहरूसँग छलफल गरेकी हुन् । भेटका क्रममा उनले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा र जीवनस्तर सुधारका विषयमा चासो राखेकी थिइन् ।

मन्त्रीको सचिवालयका अनुसार भेटमा राउटे समुदायका सदस्यले आफ्नो परम्परागत जीवनशैली र बसाइँसराइका कारण भोग्नुपरेका समस्या सुनाएका थिए । उनीहरूका अनुसार समुदायमा कसैको मृत्यु भएमा बस्ती नजिकै खाल्डो खनेर अन्त्येष्‍टि गर्ने, त्यसपछि सातदेखि १२ दिनसम्म किरिया बस्ने र किरियापछि पुरानो बस्ती छाडेर अर्को स्थानमा जाने परम्परा छ ।

एक स्थानबाट अर्को स्थानमा सरेपछि पनि विभिन्न कारणले पुनः बसाइँसराइ गर्नुपर्ने भएकाले नियमित खानपान, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवा प्राप्त गर्न कठिनाइ भइरहेको उनीहरूले बताएका थिए ।

मन्त्री बादीले राउटे समुदायको ऐतिहासिक पहिचान, जीविकोपार्जनको परम्परा र सांस्कृतिक मौलिकताको सम्मान गर्दै संरक्षण तथा प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताइन् । समुदायको इच्छाअनुसार सुरक्षित बसोबास, पर्याप्त खाद्यान्न तथा जीवनस्तर सुधारका लागि सरकारले प्रयास गरिरहेको उनको भनाइ थियो ।

उनले विशेषगरी बालबालिका, गर्भवती महिला, एकल महिला तथा ज्येष्ठ नागरिकको पोषण र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताइन् ।

सो अवसरमा मन्त्री बादीले प्रधानमन्त्री र आफ्नो संयुक्त तस्बिर तथा मन्त्रालयको तस्बिर छापिएका सामग्रीसहित साडी, पोते, जुत्तालगायत आवश्यक सामग्री उपहार दिएकी थिइन् । उपहारप्रति राउटे समुदायका सदस्यले खुसी व्यक्त गरेका थिए ।

यसअघि सल्यान भ्रमणका क्रममा मन्त्री बादी राउटे बस्तीमै पुगेर समुदायको जीवनशैली र समस्या बुझेकी थिइन् । त्यतिबेला राउटे समुदायका सदस्यले आफ्नै हातले बनाएका रोटी बेल्ने सामग्री, काठका ठेकीलगायत परम्परागत हस्तकलाका सामग्री उनलाई उपहार दिएका थिए ।

त्यही भेटको सम्झना गर्दै राउटे समुदायका सदस्य काठमाडौँ आएको जानकारी पाएपछि मन्त्री बादी उनीहरूलाई भेट्न सुन्धारा पुगेकी हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १ : ३५ बजे

दिल्लीमा बालेन मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

काठमाडौँ – नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका

मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको बहुआयामिक

बक्स अफिसमा दयाहाङकै दुई फिल्मको प्रतिस्पर्धा, ‘कबड्डी ५’को कमाइ १३ करोड नाघ्यो

काठमाडौँ – नेपाली फिल्मको बक्स अफिसमा अहिले अभिनेता दयाहाङ राईकै दुई

सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

ट्रम्पको पहल बेवास्ता गर्दै किमले बढाए कूटनीतिक सक्रियता

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता