बक्स अफिसमा दयाहाङकै दुई फिल्मको प्रतिस्पर्धा, ‘कबड्डी ५’को कमाइ १३ करोड नाघ्यो « Khabarhub

बक्स अफिसमा दयाहाङकै दुई फिल्मको प्रतिस्पर्धा, ‘कबड्डी ५’को कमाइ १३ करोड नाघ्यो


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली फिल्मको बक्स अफिसमा अहिले अभिनेता दयाहाङ राईकै दुई फिल्मबीच रोचक प्रतिस्पर्धा देखिएको छ। प्रदर्शनरत ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ दुवैले दर्शकको राम्रो साथ पाउँदा कमाइको मामिलामा एकअर्कालाई पछ्याइरहेका छन्।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस विवरणअनुसार ‘कबड्डी ५’ले अहिलेसम्म १३ करोड २६ हजार ९६७ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मलाई ४ लाख २४ हजार ८९२ दर्शकले हलसम्म पुगेर हेरेका छन्।

अर्कोतर्फ, ‘पेन्सन पट्टा’ पनि व्यापारमा कमजोर छैन। फिल्मले १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ ग्रस कमाइ गरिसकेको छ। यसका ३ लाख ६४ हजार ८०८ टिकट बिक्री भएका छन्।

कमाइको हिसाबले ‘कबड्डी ५’ले ‘पेन्सन पट्टा’लाई करिब २ करोड ६४ लाख रुपैयाँले पछाडि पारेको छ। दुवै फिल्मले १० करोडभन्दा बढी कमाइ गरिसक्दा दयाहाङका लागि बक्स अफिसमा दोहोरो सफलता मिलेको छ।

एउटै अभिनेताका दुई फिल्म एकै समयमा प्रदर्शनमा रहँदा दुवैले करोडौँको व्यापार गर्नु नेपाली फिल्म बजारका लागि पनि उत्साहजनक देखिएको छ। अब यी दुई फिल्मको अन्तिम कमाइ कति पुग्छ भन्ने चासो बढेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १ : ४० बजे

दिल्लीमा बालेन मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

काठमाडौँ – नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका

मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको बहुआयामिक

बक्स अफिसमा दयाहाङकै दुई फिल्मको प्रतिस्पर्धा, ‘कबड्डी ५’को कमाइ १३ करोड नाघ्यो

काठमाडौँ – नेपाली फिल्मको बक्स अफिसमा अहिले अभिनेता दयाहाङ राईकै दुई

सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

ट्रम्पको पहल बेवास्ता गर्दै किमले बढाए कूटनीतिक सक्रियता

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता