मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी « Khabarhub

मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराएका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीचको वार्तापछि हैदराबाद हाउसस्थित विद्या हलमा आयोजित कार्यक्रममा मोदीले उक्त गुरुयोजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया र महत्त्वबारे जानकारी गराएका हुन् ।

सन् २०२१ मा प्रधानमन्त्री मोदीले सुरु गरेको उक्त गुरुयोजनाले भारतमा सडक, रेलमार्ग, जलमार्ग, विमानस्थललगायत यातायात पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य राखेको छ । यसमार्फत वस्तु तथा यात्रुको आवागमन सहज बनाउने र पूर्वाधार विकासका आयोजनालाई प्रभावकारी बनाउने भारतको उद्देश्य छ ।

गुरुयोजनाले विभिन्न मन्त्रालय तथा सरकारी निकायबीच समन्वय गरी पूर्वाधार आयोजनाको योजना निर्माण, कार्यान्वयन र अनुगमनलाई व्यवस्थित बनाउने लक्ष्यसमेत लिएको छ ।

प्रधानमन्त्री शाहलाई यस योजनाबारे जानकारी गराउनुलाई नेपाल–भारतबीच पूर्वाधार विकास, यातायात सञ्जाल र क्षेत्रीय सम्पर्क विस्तारका सम्भावनाका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १ : ४६ बजे

जेनसन हुआङलाई फेरि सीईओ बनाउन ट्रम्पको आग्रह 

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी

दिल्लीमा बालेन मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

काठमाडौँ – नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका

मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको बहुआयामिक

बक्स अफिसमा दयाहाङकै दुई फिल्मको प्रतिस्पर्धा, ‘कबड्डी ५’को कमाइ १३ करोड नाघ्यो

काठमाडौँ – नेपाली फिल्मको बक्स अफिसमा अहिले अभिनेता दयाहाङ राईकै दुई

सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता