प्रचण्ड र माधवको निर्देशन मानेनन् हरिबोलले, महेश्वरलाई बागीबाट नहटाउने अडान « Khabarhub

प्रचण्ड र माधवको निर्देशन मानेनन् हरिबोलले, महेश्वरलाई बागीबाट नहटाउने अडान


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले सिन्धुलीको प्रतिनिधिसभामा परेको बागी उम्मेदवारी फिर्ता गराउन अस्वीकार गरेका छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले गजुरेललाई सिन्धुली क्षेत्र नम्बर २ को बागी उम्मेदवारी फिर्ता गराउन शुक्रबार निर्देशन दिएका थिए । तर, नेता गजुरेलले आफ्नो समेत समर्थनमा उम्मेदवारी दिएका महेश्वर दाहाललाई कुनै हालतमा फिर्ता नगराउने अडान प्रचण्ड–माधवसमेत उनले राखेका हुन् ।

सिन्धुली क्षेत्र नम्बर २ मा नेकपाले लेखनाथ दाहाल (राजन) लाई आधिकारिक उम्मेदवार बनाएको छ । तर, पार्टीको उम्मेदवारविरुद्ध हरिबोलले आफैं प्रस्तावक बसेर महेश्वर दाहाललाई उम्मेदवार बनाएका छन् । पार्टी केन्द्र लेखनाथको पक्षमा हुँदा जिल्ला कमिटीको सिंगो टोली महेश्वरको पक्षमा उभिएको छ ।

माधव र प्रचण्डले महेश्वरको उम्मेदवारी फिर्ता लिन नेता गजुरेल र जिल्ला कमिटीलाई कडा निर्देशन दिएका थिए । बागी उम्मेदवार दाहाललाई पनि लिखित निर्देशन गएको थियो ।

तर तीनै पक्षले शीर्ष नेतृत्वको निर्देशनलाई अस्वीकार गरिदिएका हुन् । सिन्धुली २ का बागी उम्मेदवारले कुनै हातलमा उम्मेदवारी फिर्ता नलिने अडान गजुरेलले राखेका छन् ।

नेता गजुरेलले पार्टीका आधिकारिक उम्मेदवार भनिएका राजन दाहाललाई चाहिँ ब्याक गराउन प्रचण्ड–माधवलाई सुझाव दिएका छन् । उनले जिल्लाको वस्तुगत अवस्था र जिल्ला कमिटीको सिफारिस लत्याउँदै गरिएको उम्मेदवारी मञ्जुर नहुने दृढता राखेका छन् ।

नेकपाका जिल्ला नेताहरूको उपस्थितिमा महेश्वरको उम्मेदवारी परेको थियो । महेश्वरलाई नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन र विनोद विकको साथ मिलेको छ।

जिल्ला उमेदवार सिफारिस कार्यदललाई नाघेर नेकपाले लेखनाथलाई टिकट दोहोर्‍याएपछि महेश्वरलाई अघि सारिएको हो । दाहाल जनयुद्धकालीन क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : ५२ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६