अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल « Khabarhub

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख दायित्व र जिम्मेवारी निर्वाचनको सुरक्षा भएको बताएका छन्।

शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विगतमा जस्तै आफूहरूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल तयार रहेको स्पष्ट पारे। अभाव र सिमितताका बीच पनि आफ्नो कर्तव्य निर्वाह गर्न कुनै अभाव र सिमितताले अवरोध नगर्ने बताए। सशस्त्र प्रहरी बल २४ सै घण्टा तत्पर र तयार रहेको उनको भनाई थियो।

उनले भने, ‘आजको प्रमुख दायित्व र जिम्मेवारी भनेको निर्वाचनको सुरक्षा हो। हामी विगतमा जस्तै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्दछौँ। अभाव र सिमितता होलान् तर कर्तव्य निर्वाह गर्न कुनै अभाव र सिमितताले अवरोध गर्नेछैन। सशस्त्र प्रहरी बल २४ सै घण्टा तत्पर र तयार छ। २५ वर्षे सुरक्षा यात्रामा विशेष गरी नेपाली सेना र सबै सुरक्षा निकायले प्रदर्शन गरेको वन्धुत्व र भ्रातृत्व महत्वपूर्ण छ।’

महानिरीक्षक अर्यालले २५ वर्षे सुरक्षा यात्रामा विशेष गरी नेपाली सेना र सबै सुरक्षा निकायले प्रदर्शन गरेको वन्धुत्व र भ्रातृत्व महत्वपूर्ण रहेको बताए।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : २० बजे

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय