नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

आज बिहान गैँडाकोट नगरपालिका–७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ का १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

कावासोती नगरपालिका–१७ का १७ वर्षीय राज विक गम्भीर घाइते भएका छन् । गैँडाकोटबाट रजहरतर्फ जाँदै गरेको ना ६३ प ९३९० नम्बरको मोटरसाइकल डिभाइडरमा ठक्कर खाएर पल्टिँदा सुनौलीबाट काठमाडौं तर्फ आउँदै गरेको लु २ ख ४४६१ नम्बरको बसले सोही मोटरसाइकललाई ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई गम्भीर अवस्थामा उपचारको लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा मोटरसाइकल चालक बिजेन पुलामीलाई चिकित्सकले मृत घोषण गरेका हुन् । अर्का घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : ५० बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा