क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो « Khabarhub

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले भएको बताए । 

उनका अनुसार विगतका वर्षमा जिनाइन (हरियो केरा) बिक्री नभएर चराले खाने अवस्था आएको थियो । साथै चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो । 

अहिले जिनाइन केरा प्रतिकोसा रु तीनले बिक्री भइरहेको उनको भनाइ छ । गत दसैँ, तिहारलगायत चाडपर्वमा जिनाइन केरा बिक्री नहुँदा किसान समस्यामा परेको भए पनि अहिले भने बिक्री बढेको उनले सुनाए। 

चिनीचम्पा केराले पनि राम्रो मूल्य पाएको उनले जानकारी दिए । यो केरा अहिले घरीको रु ६०० मा बिक्री भइरहेको छ । स्वदेशमा उत्पादन भएको केराले बजार र मूल्य पाउँदा किसानले राहत पाएको उनको भनाइ छ । 

नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त सरकारले जैविक खाद्य सुरक्षामा कडाइ गर्दा आयातित केरा रोकिएको छ । जसका कारण नेपाली उत्पादनले बजार पाउन थलेको हो । उनले भने, ‘नेपालमा टिआर फोर नामक रोग केरामा देखिएपछि क्वारेन्टिनमा कडाइ गर्न थालेको छ ।’ 

गत मङ्सिर २ गतेदेखि आयातित केरामा क्वारेन्टिनमा कडाइ गर्न थालिएको उनले बताए। 

क्वारेन्टिनले जैविक खाद्य सुरक्षामा कडाइ नगर्दा गएको दसैँ र तिहारमा मात्रै नेपालमा केरा उत्पादन गर्ने किसानले रु ६० करोड बराबरको नोक्सानी बेहोर्नु परेको उनले जानकारी दिए ।

 उनले भने, ‘अहिले केरा उत्पादन गर्ने किसानमा उत्साह बढेको छ । यही अवस्था रहेमा एक वर्षभित्र केरामा नेपाल आत्मनिर्भर बन्छ ।’ जैविक खाद्य सुरक्षामा कडाइ गरेपछि  विस्थापित हुने अवस्थाबाट किसान थपिने अवस्थामा आएको उनले बताए । 

नेपालमा उत्पादित केराले बजार पाउँदै गर्दा उपभोक्तामा भने चर्को मूल्य तिर्न बाध्य परेको गुनासो आएको बताउँदै उनले यस विषयमा सरोकारवालाहरूले अनुगमन गर्न अनुरोध गरे। उनले भने, ‘मध्यस्तकर्ताबाट उपभोक्ता ठगिएको सूचना पाएका छौँ । यसलाई अनुगमन जरुरी छ ।’

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मी अहिले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हटेको बताए। उनका अनुसार हाल जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । जसबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । 

राज्यले क्वारेन्टिनमा जैविक खाद्य सुरक्षालाई निरन्तर कडाइ गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लागिपरेको उनले बताए। यहाँ उत्पादित केरा चितवनसहित काठमाडौँ, पोखरा, भैरहवालगायत मुख्य सहरहरूमा जाने गरेको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १२ : ३५ बजे

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)