रविसँग भिडिरहेकी मीना भन्छिन् : मेरो काम हेरेर मलाई जनताले जिताउने छन् « Khabarhub

रविसँग भिडिरहेकी मीना भन्छिन् : मेरो काम हेरेर मलाई जनताले जिताउने छन्


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन क्षेत्र नम्बर २ की नेपाली कांग्रेसकी उम्मेदवार मीनामारी खरेलले स्थानीयको समस्या समाधानका लागि आफू निर्वाचनमा होमिएको बताएकी छन् ।

प्रेस युनियन चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा खरेलले आफूले गरिब असहाय, महिला, बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र स्थानीय समस्या सबै राम्रोसँग बुझेकाले जनताले विश्वास गर्ने पनि बताइन् ।

आफू निर्वाचित भए चितवन क्षत्रे नम्बर २ को विकास निर्माणदेखि नीति नियम र ऐन कानूनले बाधा गरेका विषय उठान गर्ने उनले बताइन्।

संविधानले प्रत्याभूत गरेको अधिकार नागरिकले प्राप्त गर्न नसकेको अवस्थामा ती कुरा स्थापित गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता उनले जनाइन् ।

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने तेस्रो पटक चुनावी मैदानमा छन् ।

त्यस्तै नेकपा एमालेले अश्मिन घिमिरे र नेकपाले प्रताप गुरूङलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा १७ राजनीतिक दल र ६ जना स्वातन्त्रसहित २३ जना उम्मेदवार मैदानमा छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १ : ०३ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष