ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो « Khabarhub

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको उनले बताएका छन् । उनले देश बनाउने एक मात्रै पार्टी एमाले भएको पनि तर्क गरे ।

निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगायतको आवश्यकताका आधारमा आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

पोखरेलले जनताका समस्या र यसअघि अघि सारेका धेरै योजनाहरू कार्यान्वयन गरिने प्रतिबद्धता पनि जनाएका छन् ।

आफूले गरेका कामबारे मतदाता जानकार रहेकाले जनताले आफूलाई मत दिएर विजयी गराउने उनको दाबी छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका पोखरेलसँग कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगायत मैदानमा छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : १८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष