ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो « Khabarhub

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको उनले बताएका छन् । उनले देश बनाउने एक मात्रै पार्टी एमाले भएको पनि तर्क गरे ।

निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगायतको आवश्यकताका आधारमा आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

पोखरेलले जनताका समस्या र यसअघि अघि सारेका धेरै योजनाहरू कार्यान्वयन गरिने प्रतिबद्धता पनि जनाएका छन् ।

आफूले गरेका कामबारे मतदाता जानकार रहेकाले जनताले आफूलाई मत दिएर विजयी गराउने उनको दाबी छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका पोखरेलसँग कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगायत मैदानमा छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : १८ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट