ओलीको दाबी : चुनावपछि देश सम्हाल्ने पार्टी नै एमाले हो « Khabarhub

ओलीको दाबी : चुनावपछि देश सम्हाल्ने पार्टी नै एमाले हो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति आफूहरू मात्रै रहेको बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा सोमबार नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उनले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने पनि बताए ।

देशमा भएको तोडफोड, आगजनी र विध्वङ्सबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी नेकपा एमाले जनताकै बीचमा रहेको बताए ।

देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता बिथोलेर निर्वाचन जित्न नसकिने ओलीले बताए ।

उले जनताबीचमा गएर काम गर्ने, देशलाई समृद्धिको युगमा प्रवेश गराउने, शिक्षा–स्वास्थ्य–रोजगारी जस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृद्धि गर्ने पार्टी कुन हो नेपाली जनताले चिनिसकेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार छन् । अध्यक्ष ओलीको गृहनगरबाटनै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : २७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष