धादिङ बस दुर्घटना छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन « Khabarhub

धादिङ बस दुर्घटना छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनाबारे छानबिन हुने भएको छ।

उक्त बस सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीमा खस्दा १९ जनाको मृत्यु र २५ जना घाइते भएपछि गृहमन्त्रालयमा बसेको बैठकले छानबिन समिति बनाएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा निकाय, यातायात विभाग, सडक विभाग, यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिहरूबीचको बैठकले दुर्घटनाको छानबिनका लागि सहसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो।

गृहह प्रवक्ता आनन्द काफ्लेका अनुसार दुर्घटनाको पूर्ण विवरण र छानबिनका लागि उक्त कार्यदल बनाइएको हो ।

उता घटनाको जानकारी पाएसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र स्थानीय बासिन्दाहरुको समन्वयमा घटनास्थलबाट उद्धार गरिएको थियो। मृतकहररूको शव नदी किनारबाट निकालिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको गृहले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ५३ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण