कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी « Khabarhub

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनको मिति तय गर्ने भएको छ।

मंगलबार दिउँसो बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौमा १५ औँ नियमित महाधिवेशनको निर्णय गर्न सक्ने सम्भावना छ।

गत बुधबार सभापति पदबाट राजीनामा दिएका गगन थापाले मंगलबारको बैठकमा सहभागिता जनाउँदैछन् । उनको राजीनामालाई आइतबारको केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरिसकेको छ।

राजीनामा अस्वीकृत भएपछि थापा मंगलबार सभापतिका रुपमा केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार सहभागी हुनेछन् । सभापति थापासमेत उपस्थित हुने मंगलबारको बैठकमा १५ औँ नियमित महाधिवेशनको कार्यतालिकाबारे छलफल गरिने भएको छ।

शुक्रबार र आइतबार दुई दिन उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस बैठक चलाएका थिए । अब मंगलबार सभापति थापा उपस्थित भएर महाधिवेशनको कार्यतालिकाको छलफल अघि बढाउने भएका छन् ।

एकजना केन्द्रीय कार्यसमिति सदस्यले आगामी भदौमा नियमित महाधिवेशन गर्ने तालिका ल्याउन सक्ने बताउका छन् । उनका अनुसार क्रियाशील सदस्यताको सबै विवाद निरूपण गरेर तल्ला कमिटीको अधिवेशन बर्षा नलाग्दै सक्ने योजना छ ।

त्यसो हुँदा १५ औँ नियमित महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी भएको छ। भदौ तेस्रो साता कांग्रेसका संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पर्छ। कांग्रेसले बीपीको जन्मजयन्तीको दिन भदौ २४ गते महाधिवेशन उद्घाटनको योजना बनाइरहेको छ।

कांग्रेसले यसअघि १५ औँ नियमित महाधिवेशनमा यसअघि गत पुसमा गर्ने निर्णय गरेको थियो । मंसिरमा भएको उक्त निर्णय कार्यान्वयन हुन नसक्दा कांग्रेसमा विवाद बढेको थियो ।

त्यहीकारण गत असोजमा बहुमत महाधिवेशन प्रतिनिधिले दिएको निवेदनका आधारमा पुस अन्तिम साता थापा पक्षले विशेष महाधिवेशन गरेको थियो ।

यो महाधिवेशनले कांग्रेसको एउटा तप्का पूरै बढारियो । तत्कालीन शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाहरू विशेष महाधिवेशनबाट पाखा लागे ।

तर कांग्रेसभित्रको विवाद र राष्ट्रिय स्वतन्त्र पार्टीको लहरकाबीच पुराना दलले फागुन २१ को चुनावमा नराम्रोसँग हार भोग्नुपर्‍यो । कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत पराजित भए ।

यो अवस्थामा अहिले कांग्रेसको देउवा पक्ष फेरि जुर्मुराउन थालेको छ । देउवा पक्षले दबाब बढाएर नियमित महाधिवेशन नै गर्ने तयारीमा लागिरहँदा संस्थापन पक्ष नै महाधिवेशन मिति घोषणा गर्ने पक्षमा पुगेको हो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ६ : ३२ बजे

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य

काठमाडौं– आइसिसी महिला टि–२० च्यालेन्ज ट्रफीमा भानुआतुले नेपाललाई ९८ रनको

धमाधम बोराबिस्तारा कस्दै थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्वासी बस्ती असामान्य

सुकुम्वासीले रास्वपालाई भने : सरकार पेलेर अघि बढे प्रतिकारमा उत्रिन्छौँ

काठमाडौं- काठमाडौंको अतिक्रमित सुकुम्वासी बस्तीका बासिन्दाले आफूहरूलाई हटाउने निर्णय कार्यान्वयन

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं– धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले