माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ « Khabarhub

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका आरोपबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छन् ।

केही दिनअघि काठमाडौँको माइतीघरमा आफूमाथि आफ्नै उमेर समूहका घाइते आन्दोलनकारीहरूले प्रश्न उठाएको भिडियो सार्वजनिक भएपछि उनले उक्त प्रतिक्रिया दिएकी हुन् ।

बमले आफूविरुद्ध लगाइएका अधिकांश आरोप निराधार रहेको बताउँदै ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग पहुँच हुँदाहुँदै पनि किन सडकमा ?’ भन्ने प्रश्न भने स्वाभाविक भएको उल्लेख गरेकी छन् ।

उनले आन्दोलनका मुद्दा संस्थागत गर्न तथा चुनाव सुनिश्चित गराउनका लागि सम्बन्धित पक्षसँग भेटघाट भएको भए पनि आफूले कहिल्यै व्यक्तिगत स्वार्थका कुरा नगरेको दाबी गरेकी छन् । पटक–पटक संवाद र आग्रह गर्दा पनि राज्य गम्भीर नदेखिएपछि सडक संघर्ष रोज्न बाध्य भएको उनको भनाइ छ ।

बमले आन्दोलनका घाइते र पीडितहरूको आक्रोशलाई स्वाभाविक र न्यायोचित मान्दै उनीहरूको क्षतिपूर्ति, सेवा–सुविधा र न्यायका लागि आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाएकी छन् । तर लोकतन्त्रको विपक्षमा उभिनेहरूसँग भने आफू सहमत हुन नसक्ने स्पष्ट अडान पनि उनले व्यक्त गरेकी छन् ।

उनले धम्की, दुर्व्यवहार र चरित्रहत्या गर्ने गतिविधिले आन्दोलन कमजोर हुने चेतावनी दिँदै आलोचना र प्रश्नको सामना गर्न आफू तयार रहेको बताएकी छन् । ‘म प्रश्नभन्दा माथि छैन,’ भन्दै उनले सभ्य र जिम्मेवार ढंगले प्रश्न उठाउन आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ९ : ३६ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य