माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ « Khabarhub

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका आरोपबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छन् ।

केही दिनअघि काठमाडौँको माइतीघरमा आफूमाथि आफ्नै उमेर समूहका घाइते आन्दोलनकारीहरूले प्रश्न उठाएको भिडियो सार्वजनिक भएपछि उनले उक्त प्रतिक्रिया दिएकी हुन् ।

बमले आफूविरुद्ध लगाइएका अधिकांश आरोप निराधार रहेको बताउँदै ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग पहुँच हुँदाहुँदै पनि किन सडकमा ?’ भन्ने प्रश्न भने स्वाभाविक भएको उल्लेख गरेकी छन् ।

उनले आन्दोलनका मुद्दा संस्थागत गर्न तथा चुनाव सुनिश्चित गराउनका लागि सम्बन्धित पक्षसँग भेटघाट भएको भए पनि आफूले कहिल्यै व्यक्तिगत स्वार्थका कुरा नगरेको दाबी गरेकी छन् । पटक–पटक संवाद र आग्रह गर्दा पनि राज्य गम्भीर नदेखिएपछि सडक संघर्ष रोज्न बाध्य भएको उनको भनाइ छ ।

बमले आन्दोलनका घाइते र पीडितहरूको आक्रोशलाई स्वाभाविक र न्यायोचित मान्दै उनीहरूको क्षतिपूर्ति, सेवा–सुविधा र न्यायका लागि आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाएकी छन् । तर लोकतन्त्रको विपक्षमा उभिनेहरूसँग भने आफू सहमत हुन नसक्ने स्पष्ट अडान पनि उनले व्यक्त गरेकी छन् ।

उनले धम्की, दुर्व्यवहार र चरित्रहत्या गर्ने गतिविधिले आन्दोलन कमजोर हुने चेतावनी दिँदै आलोचना र प्रश्नको सामना गर्न आफू तयार रहेको बताएकी छन् । ‘म प्रश्नभन्दा माथि छैन,’ भन्दै उनले सभ्य र जिम्मेवार ढंगले प्रश्न उठाउन आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ९ : ३६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले