सामाजिक सञ्जाल सम्पर्क केन्द्र दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती « Khabarhub

सामाजिक सञ्जाल सम्पर्क केन्द्र दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरूको सम्पर्क केन्द्र नेपालमा दर्ता नहुँदा विद्युतीय अपराधका मुद्दा छिनोफानो गर्न कठिन भएको बताए ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा साइबर बुलिङ र साइबर अपराध नियन्त्रणबारे ब्रिफिङ गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको उल्लेख गरे।

महानिरीक्षक कार्कीका अनुसार फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता प्लेटफर्ममार्फत फेक आइडी बनाउने, गालीगलौज गर्ने, गलत सूचना फैलाउने तथा डिजिटल बैंकिङसम्बन्धी अपराधका घटना बढिरहेका छन्। यस्ता गतिविधिका कारण पीडितलाई छिटो न्याय दिन कठिनाइ भएको उनको भनाइ थियो।

उनले प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी दैनिक ८० देखि ९० वटा उजुरी आउने गरेको जानकारी दिए। गत वर्ष मात्रै साइबर बुलिङ र हिंसासम्बन्धी करिब तीन हजार उजुरी दर्ता भएका थिए भने विद्युतीय अपराधसम्बन्धी कुल १८ हजार ९२६ उजुरी परेको उनले बताए।

सामाजिक सञ्जालमार्फत चरित्रहत्या, यौन हिंसा, गालीगलौज तथा मिथ्या सूचना फैलाउने गतिविधि बढ्दै गएको पनि उनले उल्लेख गरे ।

महानिरीक्षक कार्कीले जनशक्ति, प्रविधियुक्त संरचना र कानुनी सुधारको अभावका साथै सामाजिक सञ्जाल सम्पर्क केन्द्र नहुँदा अपराध नियन्त्रणमा चुनौती थपिएको बताए।

‘हामीसँग विद्यमान कानुन पुरानो भइसकेको छ, सामाजिक सञ्जाल व्यवस्थापन विधेयक ल्याउनुपर्ने आवश्यकता छ र विद्युतीय कारोबार ऐन २०६३ संशोधन गर्नुपर्छ,’ उनले भने। साथै विद्यालय, क्याम्पस र समुदायमा डिजिटल सचेतना कार्यक्रमलाई पनि सशक्त बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ४ : १७ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य