बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना « Khabarhub

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो ।

दशरथचन्द नगरपालिका–४ छेलामा आज सो बेसको औपचारिक उद्घाटन गरिएको छ । विपद्जन्य घटनामा परेकाहरूको राहत तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिए  ।

अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १५ जनाको टोली रहने उनले बताए । बाढी, पहिरो, आगलागीलगायत विपद्जन्य घटनामा परेका व्यक्तिहरूको उद्धारका लागि तालिम प्राप्त जनशक्तिसहित अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

‘मनसुन सक्रिय हुने समय छ । यो समयमा हुनसक्ने विपद्जन्य घटनामा परेकाहरूको उद्धारका लागि जनशक्ति र आवश्यक सामग्रीसहित चौबिसै घण्टा तयारी अवस्था रहन्छ ।’ उनले भने, ‘आवश्यक परेको खण्डमा तुरुन्त परिचालन हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । 
 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ६ : ५३ बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली