मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल « Khabarhub

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिको विषयलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयसँग पहलका लागि छलफल गरेकी छन्।

उनले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै मल आपूर्तिमा देखिएका समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेकी हुन् । 

पश्चिम एसियामा देखिएको सङ्कटका कारण मल आपूर्तिमा थप समस्या भइरहेको भन्दै मन्त्री चौधरीले आपूर्तिको व्यवस्थापन सहज गर्न पहल गरिदिन परराष्ट्रमन्त्री समक्ष आग्रह गरेकी हुन् ।   

मौज्दात भएको रासायनिक मलको व्यवस्थापनका लागि मन्त्रालयले सरोकार भएका निकायलाई जानकारी गराइसकेको छ । हालसम्म सरकारसँग करिब असारसम्म पुग्ने मल मौज्दात रहेको मन्त्री चौधरीकी प्रेस संयोजक सरिता थारुले जानकारी दिइन् । 

उनका अनुसार सोपश्चात्का लागि मन्त्री चौधरीले थप एक लाख ५० हजार मेट्रिकटन मल जिटुजी (सरकार–सरकार) माध्यमबाट खरिद गर्ने निर्णय गरिसकेकी छन् । 

गत चैत १९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग आवश्यक समन्वय अघि बढाइएको प्रेस संयोजक थारुले जानकारी दिइन् । नेपालस्थित भारतीय दूतावाससँग पनि सम्पर्क गरी प्रक्रिया अगाडि बढाइएको उनले बताइन् ।

यसबीच, वैकल्पिक व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि पहल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ६ : ५७ बजे

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन