सुधन गुरुङको २६ दिने काउन्टडाउन : कति काम गरे, कति विवादमा परे ? « Khabarhub

सुधन गुरुङको २६ दिने काउन्टडाउन : कति काम गरे, कति विवादमा परे ?



काठमाडौं- बालेन्द्र शाह नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठन भएको महिना दिन पुग्न अझै तीन दिन बाँकी छ ।

पुराना दलमाथि तीव्र प्रहार गर्दै सुशासनको जग बसाउने एजेण्डासहित १३ चैतमा सरकार गठन भएको हो ।

तर, २७ दिने समयावधिमै सरकारबाट दुई मन्त्री विवादित बने । विवादमा परेर दुई मन्त्री बर्खास्तीमा पर्दा बालेनमाथि दबाब बढेको चर्चा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद वा मन्त्री विवादमा तानिए फिर्ता बोलाउने (राइट टु रिकल) काो निर्णय सरकार गठनपूर्व नै गरेको थियो ।

त्यही अनुसार विवादमा तानिएका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहले २६ चैत गते राजीनामा दिएका थिए ।

रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री उनलाई नियुक्तिको १४ दिनमै पदमुक्त गरे । उनीमाथि निष्क्रिय रहेको बीमा संस्थानमा श्रीमती जुनु श्रेष्ठलाई सक्रिय बनाउन भूमिका खेलेको आरोपमा थियो ।

यस्तै, राजीनामा दिने सूचीमा अर्का थपिएका छन्, गृहमन्त्री सुधन गुरुङ । जो शपथलगत्तै आक्रामक निर्णयसहित फिल्डमा उत्रिएका थिए । तर उनले २६ दिनमै राजीनामा दिनुपर्‍यो ।

शपथको भोलिपल्ट १४ चैतबाटै उनले उच्च ओहोदाका व्यक्तिलाई दिनगन्ती गर्दै पक्राउको शैली अपनाए । तर, ठीक त्यही शैली अन्ततः उनकै लागि गलपासो भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक हिरासबाट छुटेको साता दिनमै उनले पदबाट हात धुन पुगे । २६ दिनमा २६ निर्णय काउन्टडाउनसँगै उनी आफैं बिदा भए ।

चैत १३ गते शपथकै दिन पदभारग्रहणसँगै गृह प्रशासनलाई समन्वयसहित चुस्त गतिमा काम गर्न सुझाए । त्यसको भोलिपल्टै उनी हिन्दी चलचित्र नायकको हिरो अनिल कपुरको शैलीमा फिल्डमा उत्रिए ।

फलस्वरुप झिसमिसेमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरियो । उनीहरू मन्त्री गुरुङको सूचीको पहिलो र दोस्रो नम्बरमा भएको उनकै सामाजिक सञ्जालमार्फत् पुष्टि भयो ।

जेन–जी आन्दोलन ओली नेतृतवकै सरकारमा भएको थियो । एमाले र कांग्रेस गठबन्धनमा सरकार बनेकाले गृहमन्त्री कांग्रेस नेता रमेश लेखक थिए ।

त्यहीकारण भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदनले उनीलाई दोषी ठहर्‍यो ।

त्यही प्रतिवेदनलाई आधार मान्दै मन्त्री गुरुङले उनीहरूलाई पक्राउ गराएका थिए । आन्दोलनको क्रममा हामी नेपाल नामक संस्थाबाट पानी वितर गर्न गुरुङ आफैं सहभागी थिए । अन्ततः उनलाई नै आन्दोलनको नेताका रुपमा सरकारसँग वार्ताका लागि अघि सारियो ।

उनी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा सहभागी भएनन् । तर २१ फागुनको निर्वाचनमा उनी गोरखा–१ बाट निर्वाचित भए।।

पूर्वप्रधानमन्त्री ओली र लेखक प्रकाउपछि उनले १५ चैतमा पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरे । जेन–जी आन्दोलनका क्रममा उनको घरबाट स्वदेशी तथा विदेशी मुद्रा भेटाइएको भिडियो सञ्जालमा आएको थियो । सोहीकारण उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परे ।

पूर्वमन्त्री खड्का स्काउटको जग्गा विवादमा समेत तानिएका थिए । सोबारे खड्काले आफू व्यापारिक पृष्ठभूमि भएको व्यापारीसमेत भएकाले केही रकम हुनु स्वभाविक रहेको भनेका थिए ।

यसलगत्तै उनी व्यवसायीक घरानामाथि केन्द्रित भए । जसमा व्यवसायी दिपक भट्ट ठुला ठेक्का र खरिद चलखेल कसुरमा समातिए । पक्राउसहित उनको राहदानी कालोसूचीमा राखियो ।

२० चैतमा स्थापित व्यवसायिक ग्रुप शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परे । यस्तै, ग्रुपका मालिक सुलभ अग्रवाललाई पनि उनले कालोबजारी गरेको आरोपमा हिरासतमा लिए ।

उनीहरूलाई पक्राउ गर्दैगर्दा उनले मन्त्रालयमै रात बिताएर काम गरेको सन्देश जाने खालको तस्वीर सञ्चाला सार्वजनिक गरेका थिए ।

उनको उक्त शलीमा कतिले देखावटी प्रशंसा बटुल्न खोजेको भन्दै टिप्पणी समेत गरे । २२ चैतमा फेवाताल किनारको आफ्नै जग्गा विवादमा उनी मुछिए ।

आफ्नै सम्पत्तिमाथि निर्णय गर्ने अवस्थाले कन्फिलिक्ट अफ इन्टे«स्टको बहस सुरु भयो । उक्त विवादमा उनी हाबी भएनन् । पोखरा उपमहानगरपालिकाका
प्रमुखलाई उनले आफ्नै जग्गा भए पनि कारबाही अघि बढाउन फोनमार्फत सहजिकरण गरे ।

यस विषयमा पनि नागरिक स्तरबाट विवाद र प्रशंसा दुवै भयो । विगतमा अभ्यासरत उच्च पदस्थलाई तामझाम सहित पिर्के सलामी दिदै आएकोमा उनले अस्वीकार गरे ।

तर २९ चैत भने उनको मन्त्री पद जानुमा निर्णायक मिति बन्यो । सो दिन मन्त्रीपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

जहाँ उनको २६० रोपनी जग्गा विवाद बाहिरियो । जुन भूमि सम्बन्धि ऐनको व्यवस्थाको खिलाप थियो । जसमा उनले बाबुबाजे देखि अंशबण्डा नभएकाले धेरै हुन गउको भन्दै बँचाउ गरे ।

गृहमन्त्री गुरुङको सम्पत्ति विवाद वैशाख लागेसँगै अझ गहिरियो । ६ वैशाखमा सार्वजनिक भएको विवरण अनुसार उनले करिब ५३ लाख रुपैयाँ बराबरको शेयर खरिद गरेका थिए ।

अझ गम्भीर कुरा, सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टसँग उनले शेयसमा व्यावसायिक साझेदारी गरेको आरोप लाग्यो ।

अन्ततः यो विवादले उनलाई प्रधानमन्त्री शाहले निष्पक्ष अनुसन्धानका लागि नैतिकताका आाधारमा तत्काल पदबाट राजीनामा दिन सुझाए ।

त्यहीअनुसार वैशाख ९ गते उनले राजीनामा दिए । राजीनामापछि उनले अनुसन्धानमार्फत् क्लिन चिट लिँदै पुनः मन्त्रीमा फर्किने दाबी गरेका छन ।

गृहमन्त्री गुरुङका कामको काउन्टडाउन

१३ चैत –गृहमन्त्री पदको शपथ तथा पदभार ग्रहण

१४ चैत– गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक प्रकाउ ।

१५ चैत– कांग्रेस नेता पूर्वऊर्जामन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ ।

१९ चैत– व्यवसायी दीपक भट्ट पक्राउ । ठूला ठेक्का र खरिदमा चलखेल कसुरमा पक्राउ गरेर हिरासतमा। राहदानी पनि कालोसूचीमा ।

२० चैत– शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ ।

२० चैत – मन्त्रालयकै सोफामा निदाएको तस्वीर सामाजिक सञ्जालमार्फत् सार्वजनिक ।

२२ चैत–फेवाताल किनारस्थित मन्त्री गुरुङको २० रोपनी जग्गा विवाद, आफ्नै जग्गा भए पनि संरचना हटाउन निर्देशन ।

२३ चैत– संसद भवनअगाडि दीप प्रजवलनमा सहभागी ।

२४ चैत– बीपी राजमार्गअन्तर्गत बाढीले क्षतिग्रस्त काभ्रेको रोशीखोला क्षेत्र अवलोकन ।

२५ चैत– शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ ।

२५ चैत– प्रहरीमा दर्ता भएका उजुरी, निवेदन गुनासोबरे उपलब्ध गराइएको सम्पर्क नम्बर वा एसएमएस्मार्फत् जानकारी दिने सुबिधा विस्तार ।

२५ चैत– वसन्तपुर क्षेत्रमा एक वृद्धलाई कुटपिट गर्ने युवा तत्काल पक्राउ ।

२९ चैत– मन्त्रीपरिषद्को निर्णयअनुसार सम्पत्ति विवरण सार्वजनिक । धनकुटासहितका स्थानमा सयौँ रोपनी जग्गा ।

२९ चैत– पिर्के सलामी नलिने घोषणा,

२९ चैत– गृहमन्त्री गुरुङ र उनको परिवारको नाममा रहेको २६० रोपनी जग्गा भूमि ऐनको मापदतण्डविपरीत रहेकोमा विवाद ।

२९ चैत– गोरखास्थित बाबुबाजेको अंशवंडा नभएकाले धेरै सम्पत्ति देखिएको स्पष्टीकरण ।

३० चैत– नारायणघाट–मुग्लिन सडकखण्ड अवलोकन तथा द्रूत गतिमा काम गर्न निर्देशन ।

४ वैशाख– मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका प्रहरी निरीक्षक अभय लामाको दाहसंस्कारमा सहभागी ।

५ वैशाख– माइतीघर मण्डला पुगेरै अनशनरत जमुना खत्री र शोभा पाठकसँग भेट ।

६ वैशाख– २०८२ माघ १५ बाट चैत ८ गतेसम्म ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर किनेको खुलासा ।

६ वैशाख– सेयर खरिदका क्रममा सम्पत्ति शुद्धीकरण अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको आरोप ।

७ वैशाख– ऋणमार्फत् शेयर लगानी जुटाएको स्पष्टीकरण

९ वैशाख– पदबाट राजीनामा, अनुसन्धानमा सघाउने बचन।

९ वैशाख–गृहमन्त्री हुनुभन्दा दुई दिनपहिले धनकुटाको साँघुरीगढीमा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ७ : १७ बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको