अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो « Khabarhub

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको प्रयोग गर्न सहज पहुँच दिने बिहीबार निर्णय गरेको छ ।

औषधिको पुनः वर्गीकरण गरेर र गाँजाको सुरक्षा र प्रभावकारितामा थप अनुसन्धान सुनिश्चित गर्दै यसलाई चिकित्सकीय प्रयोजनका लागि सहज पहुँच दिने बताएको हो ।

कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले भने, ‘गाँजालाई मध्यमदेखि कम लत लाग्ने सम्भावना भएको लागु औषधको रूपमा पुनः वर्गीकृत गरिएको छ । यसले ‘बिरामीहरूको उपचारमा पहुँच विस्तार गर्र्न र चिकित्सकहरूलाई राम्रो सूचित स्वास्थ्य सेवा निर्णयहरू गर्न सशक्त बनाउँन सहयोग पुग्ने अनुसन्धानले देखाएको छ ।’

अमेरिकी औषधि प्रवर्तन एजेन्सी (डिइए)का अनुसार यसलाई पहिले ‘अनुसूची १’ को रूपमा वर्गीकृत गरिएको थियो, जुन ‘हाल स्वीकृत चिकित्सा प्रयोग र दुरुपयोगको लागि उच्च सम्भावना’ भएको लागुऔषधको एक श्रेणी हो जसमा ‘हेरोइन’ र ‘मेथाम्फेटामाइन’ समावेश छ।

यसलाई अब पाँच तहको औषधीय अनुसूचीको तेस्रो तहमा सारिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको डिसेम्बरमा उपचारका लागि गाँजाको औषधीय गुणको अनुसन्धानलाई अघि बढाउने कार्यकारी आदेशलाई पछ्याउँदै यो निर्णय गरिएको न्याय विभागले बिहीबार जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १० : ४४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल