ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए « Khabarhub

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको छ । आज बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिनुपर्ने आवाज बलियो गरी उठेको छ । बैठकमा आज बोल्ने पार्टीका अधिकांश शीर्ष पदाधिकारीहरूले वर्तमान कार्यशैलीबाट संगठन अगाडि बढ्न नसक्ने बताउँदै निकाल्दै नेतृत्वलाई नयाँ बाटो प्रशस्त गर्न सुझाव दिएका छन् ।

विशेष गरी महासचिव शंकर पोखरेलसहितका पदाधिकारीहरूले पार्टीलाई नयाँ उर्जा दिन र गतिशिल बनाउन नेतृत्वले निकास दिनुपर्ने धारणा राखेका छन् । बैठकमा सहभागी नेताका अनुसार कार्यकर्तामा नयाँ उत्साह भर्नका लागि पनि अध्यक्षले मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव महासचिव पोखरेलले दिएका छन् ।

संस्थापन पक्षको बचाउमा भने बैठकमा उपस्थित थोरै नेता मात्र उभिएका छन् । अहिलेसम्म भनाइ राखेका नेताहरूमध्ये उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतले मात्र अध्यक्ष ओलीको दह्रो समर्थन गरेका छन् ।

यता, पार्टीका उपमहासचिव लेखराज भट्टले पनि बैठकमा पार्टी नेतृत्वको विकल्पका विषयमा नेताहरुले फरक–फरक धारणा राखेको जानकारी दिए । उनका अनुसार शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा धारणा राख्ने केही नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका छन् भने केहि नेताहरुले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

शनिबारको बैठकमा महासचिवदेखि तीन जना उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । आइतबार सचिवालयको बैठक पुनः बस्ने र बाँकी चार जना सचिवहरुले धारणा राखेपछि अध्यक्षको जवाफसँगै बैठक सम्पन्न हुने उनले बताए । उपमहासचिव भट्टले शुक्रबारको बैठकमा भएका छलफल अतिरञ्जित ढंगले बाहिर आएको भन्दै बैठकमा हुने छलफल र बहसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

उनले सचिवालय बैठकमा कुनै नेताले पनि तत्काल अध्यक्षको राजीनामाको माग नगरेको बरु अध्यक्षकै नेतृत्वमा समस्या समाधान गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएको दाबी गरे । सचिवालय बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने भट्टले बताए ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ६ : ५५ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण