ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए « Khabarhub

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए


९ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको छ । आज बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिनुपर्ने आवाज बलियो गरी उठेको छ । बैठकमा आज बोल्ने पार्टीका अधिकांश शीर्ष पदाधिकारीहरूले वर्तमान कार्यशैलीबाट संगठन अगाडि बढ्न नसक्ने बताउँदै निकाल्दै नेतृत्वलाई नयाँ बाटो प्रशस्त गर्न सुझाव दिएका छन् ।

विशेष गरी महासचिव शंकर पोखरेलसहितका पदाधिकारीहरूले पार्टीलाई नयाँ उर्जा दिन र गतिशिल बनाउन नेतृत्वले निकास दिनुपर्ने धारणा राखेका छन् । बैठकमा सहभागी नेताका अनुसार कार्यकर्तामा नयाँ उत्साह भर्नका लागि पनि अध्यक्षले मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव महासचिव पोखरेलले दिएका छन् ।

संस्थापन पक्षको बचाउमा भने बैठकमा उपस्थित थोरै नेता मात्र उभिएका छन् । अहिलेसम्म भनाइ राखेका नेताहरूमध्ये उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतले मात्र अध्यक्ष ओलीको दह्रो समर्थन गरेका छन् ।

यता, पार्टीका उपमहासचिव लेखराज भट्टले पनि बैठकमा पार्टी नेतृत्वको विकल्पका विषयमा नेताहरुले फरक–फरक धारणा राखेको जानकारी दिए । उनका अनुसार शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा धारणा राख्ने केही नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका छन् भने केहि नेताहरुले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

शनिबारको बैठकमा महासचिवदेखि तीन जना उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । आइतबार सचिवालयको बैठक पुनः बस्ने र बाँकी चार जना सचिवहरुले धारणा राखेपछि अध्यक्षको जवाफसँगै बैठक सम्पन्न हुने उनले बताए । उपमहासचिव भट्टले शुक्रबारको बैठकमा भएका छलफल अतिरञ्जित ढंगले बाहिर आएको भन्दै बैठकमा हुने छलफल र बहसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

उनले सचिवालय बैठकमा कुनै नेताले पनि तत्काल अध्यक्षको राजीनामाको माग नगरेको बरु अध्यक्षकै नेतृत्वमा समस्या समाधान गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएको दाबी गरे । सचिवालय बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने भट्टले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ६ : ५५ बजे

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित