विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति « Khabarhub

विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

अदालतको आदेशअनुसार विभागले अनुसन्धान जारी राख्नेछ। थप अनुसन्धान आवश्यक परे सात दिनको म्याद सकिएपछि पुनः विशेष अदालतबाट म्याद थप गराउनुपर्नेछ।

एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : ४० बजे

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका