काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादवले निषेधित क्षेत्र तोकिएको सिंहदरबारको दक्षिण गेटमा असार २९ गते धर्ना दिए ।
न्याय माग्न खोज्दा गृहमन्त्री सुधन गुरुङले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा धर्ना बसे। असारको चुहुँदो झरीमा उनीहरू दुवै दक्षिण गेटमा पल्टिएर धर्ना दिए ।
बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई निहारिकाले मुद्दा हालेकी थिइन् । निहारिका र शिवबीच १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।
त्यसपछि उनीहरू घरेलु हिंसा र मुद्दाको शीघ्र फर्छ्यौटको माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न पुगे। तर त्यहाँबाट पक्राउ गरेर निहारिका र बिनुई प्रहरीले मुद्दा अघि बढायो । दुवैजनालाई पक्राउ गरी ५ दिनको म्याद लिएर हिरासतमा राखिएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले दुवैलाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न बिहीबार अनुमति दिए ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनै बालेन शाह निहारिकालाई भेट्न अस्पताल पुगेका थिए । बालेन शाहले शीतल निवासअगाडि आत्मदाहको प्रयास गर्ने निहारिका राजपूतसँग २०७९ साउन २८ गते त्रिवि शिक्षण अस्पतालमै पुगेर भेट गरे थिए ।
त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेटेपछि तस्वीर पनि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।
त्यबेला बालेनले महोत्तरीकी निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका थिए। ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रहेछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’ बालेनले लेखेका थिए ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ थियो । त्यसबेला निहारिका राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरूवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै फेरि प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग थियो ।
तर, अहिले उनै बालेन प्रधानमन्त्री पदमा रहेका बेला उनको सरकारी निवास अगाडि न्याय माग्न पुग्दा निहारिका र बिनुलाई पक्राउ गरी हिरासतमा राखिएको छ । हिरासतमा मात्रै राखिएन उनीहरूविरुद्ध म्याद थपेर मुद्दा नै अघि बढाइयो ।
२०७९ साउनमा निहारिकाले शीतल निवासस्थित राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गरिन् । त्यसपछि सरकारमाथि चौतर्फी दबाब हुँदा डीएनए परीक्षण गरियो ।
त्यसबेलाको डीएनए परीक्षणले आरोपी शिवराज श्रेष्ठ नै बच्चाको जैविक पिता पुष्टि भयो। त्यति पुष्टि भए पनि पूरा न्याय, बच्चाको लालनपालन र घरेलु हिंसासम्बन्धी अदालती प्रक्रियामा ढिलाइ भएको भन्दै निहारिका अहिले पनि सडकमा छिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराई बालुवाटारस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको बतताएका छन् । उनीहरू दुवैलाई बिहीबार बिहान ९ बजे बालुवाटारस्थित सडकबाट पक्राउ गरेर प्रहरी वृत्त मालीगाउँमा राखी मुद्दा अघि बढाइएको छ।
के हो विवाद ?
निहारिकाले आफूलाई किशोर उमेरमै नशालु पदार्थ दिएर बलात्कार गरिएको बताउँदै आएकी छन् । त्यसक्रममा जन्मिन पुगेको बालकका बाबुको पहिचान गर्न मागसहित उनले डीएनए परीक्षणको आवाज उठाएको बालेन काठमाडौंको मेयर हुँदैदेखि हो । बालेन काठमाडौंको मेयर हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली प्रधानमन्त्री भए ।
अहिले देशको हर्ताकर्ता अस्पताल पुगेर निहारिकालाई सहानभूति दिने उनै बालेन छन् । आफू सत्तामा आइसकेपछि अस्पतालमा भेटेकी उनै निहारिकाका हातमा हतकडी लगाएर हिरासतमा राख्दा पनि बालेन मौन छन् ।
निहारिकासँगै हतकडी लगाइएकी बिनु यादव पनि वैवाहिक हिंसा र घरेलु अत्याचारको मुद्दामा छिटो सुनुवाइको मागसहित आन्दोलित छन् । आफैं अधिकारकर्मी उनी पनि न्यायका लागि आवाज उठाउँदा हिरासतमा पुगिन् । न्यायमा ढिलाइ भएपछि उनले उच्च अदालत पाटन परिसरमा रातो रंग फ्याँकेर अर्को विद्रोह गरिन् । फालेर विरोध जनाएपछि उनी चर्चामा आएकी थिइन्।
न्याय माग्दै आवाज उठाउँदा बालेनकै सरकारले उनीहरूलाई थुनेको छ। तर उनी काठमाडौंको मेयर हुँदा तत्कालीन सरकारलाई गाली गर्दै बालेन निहारिकालाई भेटेका थिए । अहिले बिनु र निहारिकालाई थुन्ने सरकारी कदमको चर्को विरोध भइरहेको छ।
निहारिका र बिनु पक्राउ प्रकरण : बालेन सरकारमाथि दोहोरो मापदण्डको आरोप, सामाजिक सञ्जालमा चर्कियो आलोचना
काठमाडौं : निहारिका राजपुत र बिनु यादवलाई पक्राउ गरी हिरासतमा राखिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको छ। विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमाथि विगतमा न्यायको पक्षमा बोलेका विषयमा अहिले मौन बसेको भन्दै दोहोरो मापदण्ड अपनाएको आरोप लागिरहेको छ।
निहारिकाले आफू किशोरावस्थामै नशालु पदार्थ खुवाएर बलात्कारमा परेको र त्यसबाट जन्मिएको बालकका बाबुको पहिचानका लागि डीएनए परीक्षण हुनुपर्ने माग गर्दै लामो समयदेखि न्यायको लडाइँ लड्दै आएकी छन्।
काठमाडौं महानगरपालिकाको मेयर रहँदा बालेन शाह स्वयं निहारिकालाई भेट्न अस्पताल पुगेका थिए र उनको न्यायको मागप्रति सार्वजनिक रूपमा समर्थन जनाएका थिए।
तर अहिले बालेन प्रधानमन्त्री बनेपछि निहारिकालाई पक्राउ गरी हतकडी लगाएर हिरासतमा राखिएको घटनामा सरकारको कुनै सार्वजनिक प्रतिक्रिया नआएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ।
निहारिकासँगै पक्राउ परेकी बिनु यादव पनि वैवाहिक हिंसा र घरेलु अत्याचारसम्बन्धी मुद्दाको छिटो सुनुवाइको माग गर्दै आन्दोलनमा सक्रिय थिइन्। न्यायिक प्रक्रियामा ढिलाइ भएको भन्दै उनले उच्च अदालत पाटन परिसरमा रातो रङ छ्यापेर विरोध जनाएकी थिइन्। त्यसपछि उनी पनि पक्राउ परेकी हुन्।
यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका व्यक्तिहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
सुप्रिया राज्य लक्ष्मी शाहीले सामाजिक सञ्जालमा लेख्दै सत्ता बाहिर रहँदा प्रश्न उठाउन सजिलो भए पनि सत्तामा पुगेपछि नागरिकका समस्या समाधान गर्ने जिम्मेवारी पनि त्यत्तिकै महत्वपूर्ण हुने उल्लेख गरेकी छन्। उनले सरकारको मुख्य दायित्व नागरिकको सुरक्षा, न्याय र उत्तरदायित्व सुनिश्चित गर्नु भएको बताएकी छन्।

निहारिकाले आफू किशोरावस्थामै नशालु पदार्थ खुवाएर बलात्कारमा परेको र त्यसबाट जन्मिएको बालकका बाबुको पहिचानका लागि डीएनए परीक्षण हुनुपर्ने माग गर्दै लामो समयदेखि न्यायको लडाइँ लड्दै आएकी छन्।
विरोध र आलोचना
तर अहिले बालेन प्रधानमन्त्री बनेपछि निहारिकालाई पक्राउ गरी हतकडी लगाएर हिरासतमा राखिएको घटनामा सरकारको कुनै सार्वजनिक प्रतिक्रिया नआएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ।
निहारिकासँगै पक्राउ परेकी बिनु यादव पनि वैवाहिक हिंसा र घरेलु अत्याचारसम्बन्धी मुद्दाको छिटो सुनुवाइको माग गर्दै आन्दोलनमा सक्रिय थिइन्। न्यायिक प्रक्रियामा ढिलाइ भएको भन्दै उनले उच्च अदालत पाटन परिसरमा रातो रङ छ्यापेर विरोध जनाएकी थिइन्। त्यसपछि उनी पनि पक्राउ परेकी हुन्।
यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका व्यक्तिहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
सुप्रिया राज्य लक्ष्मी शाहीले सामाजिक सञ्जालमा लेख्दै सत्ता बाहिर रहँदा प्रश्न उठाउन सजिलो भए पनि सत्तामा पुगेपछि नागरिकका समस्या समाधान गर्ने जिम्मेवारी पनि त्यत्तिकै महत्वपूर्ण हुने उल्लेख गरेकी छन्। उनले सरकारको मुख्य दायित्व नागरिकको सुरक्षा, न्याय र उत्तरदायित्व सुनिश्चित गर्नु भएको बताएकी छन्।
जश्मिन ओझाले प्रहरी वृत्त मालीगाउँ पुगेर निहारिका र बिनुलाई भेटेपछि प्रहरी प्रशासनको व्यवहारप्रति प्रश्न उठाएकी छन्। उनले सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको कानुनी आधारबारे प्रहरीसँग जिज्ञासा राख्दा स्पष्ट जवाफ नपाएको दाबी गरेकी छन्।
यसका साथै निहारिकासँग रहेकी बालिकाको हित, बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व तथा ‘बालबालिकाको सर्वोत्तम हित’सम्बन्धी सिद्धान्तलाई पनि गम्भीर रूपमा नलिइएको आरोप लगाएकी छन्।
लोकतन्त्रमा नागरिकले कानुनी आधारबारे प्रश्न गर्नु अधिकार भएको र राज्यका निकायले त्यसको जवाफ कानुनका आधारमा दिनुपर्ने उनको भनाइ छ।
पत्रकार हिमाल साउदले पनि सामाजिक सञ्जालमार्फत् विगतमा पत्रकार हुँदा निहारिकाको मुद्दामा बुलन्द आवाज उठाउने रवि लामिछाने अहिले जिम्मेवारीमा रहँदा प्रहरीसँगको घटनाबारे मौन देखिएको भन्दै प्रश्न उठाएका छन्। उनले सत्ता वा प्रतिपक्ष जुनसुकै अवस्थामा पनि नागरिकको न्यायका पक्षमा निरन्तर उभिनुपर्ने बताएका छन्।
सञ्जय यादवले ‘हिजो आफैंले गाएको गीत आज जनतामाथि दमन गर्दै बालेन सरकार’ भन्दै सरकारको आलोचना गरेका छन्।
धना परियारले सिंहदरबार अगाडि महिलामाथि भएको व्यवहारलाई महाभारतको द्रौपदीको चीरहरणसँग तुलना गर्दै महिलामाथि भएको अपमानजनक व्यवहारप्रति आक्रोश व्यक्त गरेकी छन्। उनले राज्यशक्तिको आडमा महिलाको सम्मानमाथि आघात पुगेको आरोप लगाएकी छन्।
सावित्रा ढकालले पनि युवामहिला कानुन मन्त्री रहेको समयमा सिंहदरबार प्रवेश गर्न खोजेका महिलामाथि भएको व्यवहारलाई अस्वीकार्य भन्दै त्यसका लागि जिम्मेवार को हो भन्ने प्रश्न उठाएकी छन्।

प्रतिक्रिया