यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु « Khabarhub

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले वृद्धि भएको छ ।

जसमध्ये समीक्षा अवधिमा नेपालमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँको वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले धेरै हो ।

त्यस्तै, सो नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८१ प्रतिशतले धेरै हो ।

जसमध्ये सो अवधिमा आयातमा सबैभन्दा शीर्ष स्थानमा डिजेल रहेको छ भने निर्यातमा सोयाबिन तेल रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यी निर्यात भएका मुख्य १० वस्तु

१. प्रशोधित सोयाबिन तेल र कच्चा पदार्थ : १ खर्ब २८ ७४ करोड ४० लाख २७ हजार 
२. अलैँची (ठूलो) : १२ अर्ब ६४ करोड ७८ लाख ८१ हजार 
३. ऊनी गलैँचा : १० अर्ब ३८ करोड ६१ लाख ८८ हजार
४. सनफ्लावर तेल र कच्चा पदार्थ : ८ अर्ब अर्ब ९४ करोड ३३ लाख ११ हजार
५. जुटका कपडाहरू : ७ अर्ब १४ करोड ६ लाख ३३ हजार 
६. प्रशोधित पाल्म ओइल : ६ अर्ब ६६ करोड ६८ लाख ७३ हजार
७. पोलिस्टर धागो : ५ अर्ब ७८ करोड ८० लाख २३ हजार
८. फेल्ट : ५ अर्ब ७५ करोड ५७ हजार
९. पोलिस्टर धागो : ५ अर्ब ४२ करोड ९१ लाख ७६ हजा
१०. कुकुर तथा बिरालोको आहार : ४ अर्ब ८१ करोड २८ लाख ६६ हजार

यी हुन आयात भएका प्रमुख १० वस्तुहरू

गत आर्थिक वर्षमा आयाततर्फ सधैँझैँ पेट्रोलियम पदार्थको वर्चस्व कायमै देखिएको छ । सबैभन्दा बढी आयात भएका १० वस्तुहरू निम्न छन् ।

१. डिजेल : १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख २३ हजार
२. कच्चा सोयाबिन तेल : १ खर्ब ३२ अर्ब ७६ करोड ९५ लाख ९७ हजार
३. पेट्रोल : ७७ अर्ब २६ करोड ५० लाख ११ हजार
४. खाना पकाउने ग्यास : ६० अर्ब २८ करोड ६ लाख २४ हजार
५. फलामजन्य उत्पादनहरू : ५८ अर्ब ५२ करोड २६ लाख ३३ हजार
६. स्मार्टफोन : ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार
७. खुद्रा बिक्री गर्ने औषधि : २९ अर्ब १५ करोड १८ लाख १ हजार
८. फलाम तथा स्टिलका ६ सय एमएमका पाता : २७ अर्ब ५६ करोड ५३ लाख २१ हजार
९. सुन : २६ अर्ब ७७ करोड ५८ लाख ४३ हजार
१०. हवाई इन्धन : २६ अर्ब ६४ करोड ५० लाख ४२ हजार

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १ : ५१ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर