राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ « Khabarhub

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल र सरकारबीचको टकराव थप चर्किएको छ।

यसैबीच कांग्रेस नेता राहुल गान्धीले शुक्रबार केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई ‘अपराधी शिक्षामन्त्री’को संज्ञा दिँदै तत्काल पदबाट हटाउन माग गरेका छन्।

राहुलले प्यालेट गनबाट घाइते भएका विद्यार्थीहरूसँग भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै धर्मेन्द्र प्रधानले देशको शिक्षा प्रणाली ध्वस्त पारेको आरोप लगाए।

‘धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्। उनलाई हटाइनुपर्छ। उनी हाम्रो शिक्षा प्रणाली ध्वस्त भएको प्रतीक हुन्। उनी जानैपर्छ। उनकै कारण हजारौं विद्यार्थी अन्यायमा परेका छन्,’ राहुलले भने।

उनले भेटेका एक घाइते विद्यार्थीलाई पत्रकार सम्मेलनमा पनि सँगै ल्याएका थिए। विद्यार्थीको हातमा लागेको चोट देखाउँदै उनले एक विद्यार्थीले त प्यालेट आक्रमणका कारण आँखा नै गुमाएको दाबी गरे।

यता लोकसभामा नीट प्रश्नपत्र चुहावट प्रकरणबारे छलफल गर्न सरकार तयार रहेको केन्द्रीय संसदीय मामिलामन्त्री किरेन रिजिजूले बताएका छन्।

उनले विपक्षी दललाई संसद सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै राहुल गान्धीले आफ्ना सांसदहरूलाई संसद चल्न दिन आग्रह गर्नुपर्ने बताए।

तर राहुलले भने आफूलाई संसदमा बोल्नै नदिएको आरोप लगाएका छन्। ‘म बोल्न खोज्दा मेरो माइक्रोफोन बन्द गरियो। मलाई जवाफ दिने अवसर नै दिइएन,’ उनले भने।

राहुलले धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म कुनै पनि छलफलमा सहभागी नहुने अडान दोहोर्याए।

‘प्रधानलाई हटाइँदैन भने हामी कुनै पनि वार्ता वा छलफल गर्ने छैनौं,’ उनले भने।

यसैबीच कांग्रेसका वरिष्ठ नेता केसी वेणुगोपालले पनि प्रधानमन्त्रीलाई धर्मेन्द्र प्रधानलाई शिक्षामन्त्री पदबाट हटाउन आग्रह गरेका छन्।

‘देशभरका विद्यार्थीको यही माग हो। विद्यार्थीका माग सम्बोधन गर्नुको सट्टा सरकारले घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको छ,’ उनले आरोप लगाए।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ३ : ४१ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी