बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा « Khabarhub

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा

शेख हसिनासँग फोन संवाद गरेको खुलेपछि दबाबमा थिए


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गएको कारण देखाउँदै उनले पद त्यागेको बताएका छन्।

बंगलादेशको चर्चित अनलाइन दैनिक द डेली स्टारसँग कुरा गर्दै शाहाबुद्दीनले आफू विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताएका छन्।

‘म विभिन्न स्वास्थ्य जटिलताबाट पीडित छु,’ उनले राजीनामाको कारणबारे सोधिएको प्रश्नमा भने, ‘यस विषयमा अहिले थप केही भन्न चाहन्नँ।’

स्रोतका अनुसार शाहाबुद्दीनको राजीनामा पत्र बोकेर राष्ट्रपति कार्यालय बंगभवनबाट प्रतिनिधिहरू संसदतर्फ गएका छन्।

हालै सार्वजनिक भएका सञ्चारमाध्यमका रिपोर्टअनुसार उपचारका लागि गत मे महिनामा लन्डन भ्रमणमा रहेका बेला शाहाबुद्दीनले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनासँग टेलिफोनमा कुरा गरेको दाबी गरिएको थियो। यही घटनापछि उनीमाथि राजनीतिक दबाब बढेको बताइएको छ।

शाहाबुद्दीन मे ९ मा उपचारका लागि लन्डन गएका थिए भने मे १८ मा स्वदेश फर्किएका थिए। सन् २०२४ को अगस्टमा सत्ताच्युत भएपछि शेख हसिना भारतमा निर्वासित जीवन बिताइरहेकी छन्।

मोहम्मद शाहाबुद्दीनले सन् २०२३ अप्रिल २४ मा बंगलादेशको २२औँ राष्ट्रपतिका रूपमा शपथ लिएका थिए। तत्कालीन सत्तारुढ अवामी लिगका उम्मेदवार रहेका उनी सन् २०२३ फेब्रुअरी १३ मा निर्विरोध निर्वाचित भएका थिए।

स्वतन्त्रता सेनानीसमेत रहेका शाहाबुद्दीन सन् २००६ मा जिल्ला तथा सत्र न्यायाधीशबाट अवकाशप्राप्त भएका थिए। उनले सन् २०११ देखि २०१६ सम्म भ्रष्टाचार नियन्त्रण आयोग (एसीसी) का आयुक्तका रूपमा पनि काम गरेका थिए।

राजनीतिक जीवनमा उनी अवामी लिग निकट विद्यार्थी संगठन छात्र लिग र युवा संगठन जुबो लिगका विभिन्न जिम्मेवारीमा रहेका थिए।

यसका साथै, अवामी लिगको सल्लाहकार परिषद्का सदस्य पनि थिए। हाल अवामी लिगका गतिविधिमाथि बंगलादेशमा प्रतिबन्ध लगाइएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ५ : ०० बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान