भारत र मोल्दोभाले आतङ्कवादविरुद्ध सहकार्य गर्ने « Khabarhub

भारत र मोल्दोभाले आतङ्कवादविरुद्ध सहकार्य गर्ने


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतकी राष्ट्रपति द्रौपदी मुर्मूको मोल्दोभाको राजकीय भ्रमणका क्रममा दुई देशबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदसहित बहुपक्षीय संगठनहरूमा सुधार र आतंकवादविरुद्धको लडाइँमा सहकार्य गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता पूर्वी युरोपेली राष्ट्र मोल्दोभाको भ्रमण गर्ने मुर्मू पहिलो भारतीय राष्ट्राध्यक्ष हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति मुर्मू र मोल्दोभाकी समकक्षी माइया सान्दुबीच द्विपक्षीय वार्ता भएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार दुई मुर्मूको भ्रमणका क्रममा नेताले व्यापार तथा लगानी, डिजिटल रूपान्तरण, सूचना प्रविधि, स्वास्थ्य सेवा, औषधि, कृषि, शिक्षा, संस्कृति र क्षमता वृद्धिका क्षेत्रमा नयाँ सहकार्यका सम्भावनाबारे पनि चर्चा भएको छ ।

विदेश मन्त्रालयका सचिव (पश्चिम) सिबी जर्जले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार उनीहरूबीच आतंकवादविरुद्धको संघर्षमा सहकार्य र सुरक्षा परिषद्सहितका बहुपक्षीय संगठनहरूमा सुधारको आवश्यकतामाथि समेत छलफल भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ४६ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी