द्विपक्षीय व्यापार २०३० सम्म दोब्बर पार्ने पोल्यान्ड र भारतको लक्ष्य « Khabarhub

द्विपक्षीय व्यापार २०३० सम्म दोब्बर पार्ने पोल्यान्ड र भारतको लक्ष्य


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोल्यान्ड र भारतका प्रधानमन्त्रीहरूले सन् २०३० सम्ममा दुई देशबीचको व्यापारलाई दोब्बर बनाउने र खानी, जहाज निर्माण, ऊर्जा, अन्तरिक्ष तथा रक्षा प्रविधिमा सहकार्य विस्तार गर्ने घोषणा गरेका छन् । नयाँ दिल्लीमा भएको द्विपक्षीय बैठकपछि दुई प्रधानमन्त्रीबीच यस्तो सहमती भएको हो ।

दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोल्यान्ड भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गरिएपछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले भारतको भ्रमण गरेका हुन् । विश्वका उदीयमान दुबै अर्थतन्त्रले आगामी वर्षहरूमा आर्थिक, लगानी र प्रविधि क्षेत्रमा सहकार्य अझ मजबुत बनाउने इच्छा व्यक्त गरेका छन् । पोल्यान्डको जीडीपी यस वर्ष ३.५ प्रतिशतले र भारतको ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

यसले दुई मुलुकबीचको रणनीतिक साझेदारीका लागि ठूलो अवसर सिर्जना गरेको छ। हाल दुई देशबीच करिब ६ अर्ब डलरको व्यापार रहेकामा आउँदो डिसेम्बरमा हस्ताक्षर हुने अपेक्षा गरिएको युरोपेली युनियन र भारतबीचको व्यापार सम्झौताले यसलाई उल्लेख्य वृद्धि गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ। व्यापार घाटा घटाउन र भारतीय बजारमा प्रवेश गर्नका लागि टस्कको टोलीमा इतिहासकै ठूलो व्यापारिक प्रतिनिधिमण्डल संलग्न रहेको छ । यसलाई प्रधानमन्त्री मोदीले स्वागत गर्दै युवाहरूका लागि प्रविधि ह्याकाथनमार्फत स्टार्टअप सम्बन्ध सुदृढ गर्ने घोषणा पनि गरेका छन् ।

आर्थिक र प्रविधिसँगै दुई देशका नेताहरूले ऐतिहासिक र जनस्तरको सम्बन्धलाई समेत स्मरण गरेका छन्। दोस्रो विश्वयुद्धका क्रममा करिब १ हजार पोल्यान्डका बालबालिकाहरूलाई आश्रय दिने भारतीय महाराजा जाम साहबको योगदान र सन् २०२२ मा रुस-युक्रेन युद्धका क्रममा युक्रेनबाट भागेका भारतीय विद्यार्थीहरूलाई पोल्यान्डले गरेको सहयोगलाई दुवै नेताहरूले मानवताको उत्कृष्ट उदाहरणका रूपमा चर्चा गरे । साथै, हाल पोल्यान्डमा भारतीय श्रमिकहरूको सङ्ख्या बढेर तेस्रो ठूलो विदेशी श्रमिक समूह बनेको सन्दर्भमा शैक्षिक र जनस्तरको यो आदानप्रदानले आगामी पुस्तामा पोल्यान्ड-भारत मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ७ : ५७ बजे

‘कोप-३१ मा नेपालको अर्थपूर्ण सहभागिता अपरिहार्य’

प्रधानमन्त्रीले कोप-३१ सम्मेलनमा सहभागिता नजनाउने हुनुभएको छ । सामान्यतया राष्ट्रसंघीय

खरिद प्रक्रियाबारेका समाचार भ्रमपूर्ण : नेपाल टेलिकम 

कााठमाडौँ– नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा

दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी केसीले गरे सरकारी गाडीको पूजा

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्न

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान