काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो « Khabarhub

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् । जिल्लाका चार स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएको छ ।

उनका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बनेपा नगरपालिकामा १९, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा भने जिल्लामा डेङ्गीका नयाँ सङ्क्रमित थपिएका छैनन् । कक्षपतिका अनुसार, जिल्लाका अन्य स्थानीय तहमा हालसम्म सङ्क्रमण देखिएको छैन ।
 

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : २८ बजे

रास्वपा सांसद गणेश कार्कीलाई पुत्रीलाभ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीलाई पुत्रीलाभ भएको छ

विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

ललितपुर–  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनः

राइजिङ स्टार्स क्रिकेट : वैभव सूर्यवंशीले १६ बलमा बनाए अर्धशतक

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा

सभापति भएपछि ओलीसँग पाँच पटक भेटेँ : गगन थापा

काडमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा आएपछि नेकपा एमालेका

अनुपजङ्ग थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङ्ग थापालाई