काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा पाकिस्तान ए ले नेपाललाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।
खेलमा नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ । खेलको २ ओभर २ बलमा नेपालका कुशल भुर्तेल आउट भए । मोहम्मद इमरानको बलमा उनी माज शदाकतबाट क्याच आउट भए । आउट हुनुअघि उनले ८ बलमा १ रन बनाए ।
सोही ओभरको अन्तिम बलमा देव खनाल बोल्ड भए । आउट हुनुअघि उनले ४ बलमा ८ रन बनाए ।
यसअघि टस जितर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रन बनायो । खेलमा नेपालका रशिद खान एक्लैले ५ विकेट लिएका छन् । उनले ८ ओभर बलिङ गर्दा ३९ रन खर्चेर ५ विकेट लिएका हुन् ।
उनले पहिलो ओभरको पाचौँ बलमा श्यमल हुसेनलाई आउट गरे । त्यसैगरी, ४ ओभर ६ बलमा माज शदाकत, ६ ओभर ४ बलमा हैदर अली, ३८ ओभर २ बलमा अहमद दानियाल र ४० ओभर १ बलमा सुफ्यान मोकिमलाई आउट गरे ।
त्यस्तै नेपालका अभिशेष गौतमले २ तथा कुशल भुर्तेल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
ब्याटिङतर्फ पाकिस्तानका रोहेल नाजिरले ८३ बलमा ६४ रन बनाए । यस क्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, हसन नवाले ५९ बलमा २८ रन बनाए ।














प्रतिक्रिया