रञ्जु दर्शना अस्पताल भर्ना, भोट माग्दै कार्यकर्ता « Khabarhub

रञ्जु दर्शना अस्पताल भर्ना, भोट माग्दै कार्यकर्ता


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शना प्रसूतिका लागि निजामती अस्पताल भर्ना भएकी छिन् ।

मंगलबार बिहान ११ बजे सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै उनले प्रसुतिका लागि अस्पताल भर्ना भएकी हुन्। उनले प्रसूतिका लागि जानुअघि आमा बन्न लागेको भन्दै खुसी साटेकी छन् ।

‘म यहाँ सिभिल अस्पतालमा भर्ना छु । आज मेरो एकदमै स्पेशल दिन हो । म आमा बन्ने तयारीमा छु । म र मेरो भविष्य दुवैलाई शुभकामना दिनुहोला,’ उनले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा भनेकी छन् ।

तत्कालीन विवेकशील साझा पार्टीबाट उम्मेदवारी मनोनयन अघिमात्रै प्रवेश गरेकी उनलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो ।

जसको मुख्य कारण थियो, उनको ८ महिने गर्भावस्था । तर त्यसको विरोध भएपछि उनले समानुपातिक सूचीबाट चुनाव नलड्ने घोषणा गर्दै प्रत्यक्ष उम्मेदवार बनिन् ।।

निर्वाचन प्रचारप्रसारकै क्रममा दहीचिउरा लगायतका संस्कार पूरा गरेकी उनी सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी हुन् ।

उनलाई डाक्टरले प्रसूति हुने मिति फागुन १८ गतेलाई दिएका थिए । तर त्यसअघि व्यथाले च्यापेपछि उनी अस्पताल भर्ना भएको परिवारका सदस्यले बताएका छन्।

उनी अस्पताल भर्ना भए पनि चुनाव प्रचारप्रसार मतदातासँग भोट माग्ने काम रोकिएको छैन। काठमाडौं १ का रास्वपा कार्यकर्ता पुरुषेत्तम भट्टराईले चुनावी अभियान जारी रहेको बताए ।

‘आज बिहान बागमती किनार क्षेत्र गएर प्रचारप्रसार सक्यौं । साँझको पनि कार्यक्रम तय भइसकेको छ,’ भट्टराईले थपे, ‘अब यहाँकी समानुपातिक उम्मेदवार समीक्षा बास्कोटा लगायतलाई बोलाएर प्रचारप्रसार गर्ने योजना बनाएका छौं ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ११ : ५९ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा