दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश « Khabarhub

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न मंगलबार आदेश जारी गरेको हो ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले यो आदेश जारी गरेसँगै प्रसाईं तत्कालै रिहा हुन लागेका छन् ।

निर्वाचन भाँड्ने आशंकासहित सरकारले प्रसाईंलाई फागुन ४ गते मध्यराति भक्तपुरको थिमीस्थित निवासमा प्रहरी पठाएर समात्न लगाएको थियो ।

त्यसयता उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए । प्रसाईंलाई एक महिनायता सरकारले पटक पटक धरपकड गरिरहेको छ।

यसअघि माघ २३ गते पनि उनलाई पक्राउ गरिएको थियो। त्यसबेला उनी सरकारी वकिलको कार्यालयबाट हाजिर जमानीमा रिहा भएका थिए ।

प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि निर्वाचन भाँड्ने आशंका सरकारको थियो । त्यहीकारण पर्सा जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले बल्खुबाट त्यसबेला समातेको थियो ।

निर्वाचनबारे विवादित कुरा बोलेपछि उनलाई त्यसबेला निर्वाचन आयोगको पत्रका आधारमा साइबर ब्यूरोले पक्राउ गरेको थियो । अनुसन्धान ताने पनि उनी त्यसबेला बयानपछि हाजिर जमानीमा छुटेका थिए ।

प्रहरीले यसपहिले गत माघ ५ गते पनि पोखरा पुगेका बेला पक्राउ गरेको थियो । त्यस समयमा प्रहरीले बयान लिएर उनलाई छाडेको थियो । यस पटक भने प्रसाईंसँगै नेकपा बहुमतका धर्मेन्द्र बाँस्तोलासहित ऋषि कट्टेललाई पनि प्रहरीले समातेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ५ : ४७ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन