दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश « Khabarhub

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ ।
      
न्यायाधीशद्वय डा नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आज महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो । 

प्रसाईँका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरिएको छ ।
      
आदेशमा भनिएको छ, ‘जिल्ला प्रहरी परिसर काठमाडौँको लिखित जवाफबाट निर्वाचन आयोगको मिति २०८२/११/०४ को पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखि पठाएबमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदकउपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू ।’

अदालतले यही मङ्गलबारका लागि उक्त विवादमा सुनुवाइ तय गरेको छ । प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो । सोही विषयमा अदालतले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश गरेको हो ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : ३२ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा