देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन « Khabarhub

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् ।

उनले पूर्व सभापति शेरबहादुर देउवा पक्षलाई पार्टीमा समेटिएर अघि बढ्न आग्रह गरेका छन्।

सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकमा बोल्दै थापाले आफू सभापतिका रूपमा पार्टीको ‘गाडी हाँकिरहेको’ उल्लेख गर्दै अब पार्टी अघि बढिसकेको र रोकिने अवस्था नरहेको स्पष्ट पारे।

‘यो गाडी अघि बढिसक्यो, अब रोकिन्न। सबैलाई समेटेर लैजान्छौँ, तर कोही आफैं छुट्न खोज्छ भने त्यो मेरो कुरा होइन,’ उनले देउवा पक्षलाई लक्षित गर्दै भने। पछिल्लो समय देउवा पक्षले समानान्तर गतिविधि अघि बढाएको छ । देउवा सिंगापुरबाट फर्किएपछि पन्ध्रौँ महाधिवेशन तालिका ल्याउने चर्चाबीच थापाको यो भनाइ आएको हो ।

थापाले विशेष महाधिवेशनपछि केही नेताहरूमा असन्तुष्टि देखिएको स्वीकार गर्दै संवादमार्फत सबैलाई समेट्ने प्रयास गर्ने बताए। उनले उम्मेदवार चयन प्रक्रियामा कुनै पूर्वाग्रह नराखिएको दाबी गरे।

उनले छोटो समयमा १६५ जना उम्मेदवार चयन गर्दा केही असन्तुष्टि स्वाभाविक भए पनि निर्णय पार्टीको हितमा गरिएको बताए ।

सभापति थापाले फागुन २१ को निर्वाचनमा पार्टीका केही नेताहरूले आधिकारिक उम्मेदवारलाई साथ नदिएको विषयलाई गम्भीर रूपमा लिएको बताए।

‘रुख चिह्न लिएर उठेका उम्मेदवारलाई कतिपयले मत नै नहाल्ने वा मत नमाग्ने अवस्था देखियो, यसलाई मैले नोटिसमा राखेको छु,’ उनले भने।

उनले एउटै क्षेत्रमा पटक–पटक उम्मेदवार बन्ने नेताहरूलाई टिकट नदिएको स्पष्ट पार्दै नयाँ कार्यकर्तालाई अवसर दिन खोजिएको बताए। ‘हिजो झोला बोकेर हिँडेको कार्यकर्ता आज उम्मेदवार बन्दा पुराना नेताले सहयोग गर्नुपर्छ’, उनको भनाइ थियो।

थापाले यो निर्वाचनमा असहयोग गर्नेहरूलाई पार्टी अनुशासन समितिले आवश्यक कारबाही गर्ने संकेत पनि दिए। सबै नेता तथा कार्यकर्तालाई सद्भाव राख्दै महाधिवेशनसम्म एकजुट भएर अघि बढ्न पनि उनले आग्रह गरे।

‘अब निर्णय भइसकेपछि महाधिवेशनतर्फ अघि बढ्ने हो। समीक्षा पनि त्यहीँ हुन्छ,’ उनले भने, ‘यो गाडीमा कोही छुट्नु हुँदैन । यदि यो गाडीमा नचढी कोही छुट्छु भन्छ भने त्यो मेरो कुरा होइन ।’

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ३ : १३ बजे

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि