पाकिस्तानमा पत्रकारमाथि प्रहरीको कुटपिट « Khabarhub

पाकिस्तानमा पत्रकारमाथि प्रहरीको कुटपिट


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा समाचार संकलनका क्रममा चार जना पत्रकारमाथि प्रहरीले कुटपिट गरेको छ । गत मार्च १२ मा खैबर जिल्ला प्रहरी कार्यालय बाहिर भइरहेको प्रदर्शनको रिपोर्टिङ गर्दा ‘काउन्टर टेरोरिज्म डिपार्टमेन्ट’ (सीटीडी) का प्रहरीले उनीहरूलाई यातना दिएका हुन् ।

पीडित पत्रकारहरू बारा प्रेस क्लबका सदस्य रहेका छन् । तिराह उपत्यकाका विस्थापित बासिन्दाहरूले आधारभूत सुविधा र राहतको माग गर्दै प्रदर्शन गरिरहेका थिए । सोही समयमा प्रहरीले पत्रकारहरूलाई भुइँमा पछारेर राइफलको कुन्दाले कुटपिट गरेको आरोप छ ।

प्रहरीले पत्रकारको गाडीका सिसा फुटाउनुका साथै उनीहरूलाई केही घण्टा नियन्त्रणमा समेत लिएको थियो। प्रहरीले पत्रकारका परिचयपत्र र गाडीहरू अझै फिर्ता गरेको छैन ।

यस घटनाको विरोधमा बारा प्रेस क्लबले प्रहरीका सबै गतिविधि बहिष्कार गर्ने घोषणा गरेको छ । खैबर जिल्लाका प्रहरी अधिकारीले प्रेस क्लब पुगेर माफी मागे पनि पत्रकारहरूले भने दोषीमाथि कारबाही नभएसम्म बहिष्कार जारी रहने बताएका छन् ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) र पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्ट (पीफयूजे) ले यस आक्रमणको कडा निन्दा गरेका छन् । उनीहरूले सार्वजनिक चासोका विषयमा रिपोर्टिङ गर्ने पत्रकारमाथि हिंसा हुनु निन्दनीय भएको बताएका छन्। पत्रकार संगठनहरूले घटनाको तुरुन्त छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  २ : २७ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले