प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात  « Khabarhub

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको खेलमा पुलिस क्लबले कोशी प्रदेश भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलमा पुलिस २५–२३, २२–२५, २५–२० र २५–२२ ले विजयी भयो ।

त्यस्तै शुक्रबार नै भएको महिलातर्फको खेलमा न्यू डायमण्ड युथ स्पोट्र्स र एभरेष्ट भलिबल क्लबले जित हासिल गरेका छन् । न्यू डायमण्ड युथ स्पोट्र्सले सुदूरपश्चिम भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा न्यू डायमण्ड २५–११, २५–३ र २५– १ ले विजयी भएको हो ।

त्यस्तै  एभरेष्ट भलिबल क्लबले एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । एभरेष्ट २५–२०, १६–२५, २५–१७ र २५–१६ ले विजयी भएको हो ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् । 

 महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख, दोस्रोले ५ लाख र तेस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : ५६ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक