‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’ « Khabarhub

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी जनता पार्टीको ट्रेन्डिङ सुरु भएको छ । भारतमा निकै लोकप्रिय फ्रान्सेली कार्टुन ‘ओगी एन्ड द ककरोचेज’ बाट ओगी जनता पार्टीको नाम जुराइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थापना भएको केही दिनभित्रै ककरोच जनता पार्टीको फलोअर्स करिब २ करोड १५ लाख पुगेका छन् । सामाजिक सञ्जालमा यो पार्टीले कैयौँ ठूला राजनीतिक दलहरूलाई समेत पछाडि छाडिदिएको छ । यस पार्टीको घोषणापत्र र पोस्टहरूलाई लिएर इन्टरनेटमा व्यापक चर्चा भइरहेकै बेला अहिले फेरि अर्को नयाँ पार्टी ‘ओगी जनता पार्टी’ तीव्र रूपमा भाइरल भइरहेको हो ।

ककरोच जनता पार्टी भाइरल भएको केही दिनमै इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालहरूमा ओगी जनता पार्टीका पोस्टहरू देखिन थालेका हुन्।

ओगी जनता पार्टीले सामाजिक सञ्जालमा ‘जतिसुकै ठूलो र जुनसुकै प्रजातिको ककरोच भए पनि त्यसलाई नष्ट पार्ने’ आफ्नो मिसन रहेको उल्लेख गरेको छ । यो पार्टीले प्रचार पोस्टरमा कार्टुन पात्र ओगीलाई सेतो कुर्ता-पजामा लगाएर जनावरहरूसँग बसेको देखाइएको छ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ३ : ०३ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर