ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ « Khabarhub

ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै सचिव महेश बस्नेतले आक्रामक धारणा राखेका छन्।

बैठकमा अधिकांश नेताहरूले ओलीले मार्गप्रशस्त गर्नुपर्ने मत राखिरहेका बेला बस्नेतले उनीमाथि भएको आक्रमणलाई ‘गैरजिम्मेवार र अपराधिक मानसिकता’ भनेका छन्।

बैठकमा बोलेका बस्नेतले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था, हालैका राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे विस्तृत रूपमा आफ्नो कुरा राखेका थिए।

बस्नेतले भने, ‘अध्यक्ष केपी शर्मा ओलीलाई बालेन र सुदनले सपथ खाएको २४ घण्टाभित्रै गिरफ्तार गरियो। कुनै आरोप पुष्टि नभएपछि अदालतले १३ दिनपछि रिहा गर्‍यो।’

उनले ओलीको स्वास्थ्य अवस्था निकै संवेदनशील रहेको उल्लेख गर्दै अपरेशनपछि निमोनिया र इन्फेक्सनसँग लडिरहेको अवस्थामा पार्टीले नेतृत्व परिवर्तनको कुरा उठाउनु गैरजिम्मेवार भएको बताए।

उनले कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले निर्वाचनमा साम्राज्यवादी शक्ति, अल्गोरिदम र राज्य संयन्त्रको दुरुपयोग भएको भन्ने धारणा सच्याउने निर्णयलाई गलत भने। बस्नेत भन्छन्, ‘यो विषय सच्याउनु गल्ती हो।’

निर्वाचन पराजय र विदेशी चलखेलको आरोप

बस्नेतले निर्वाचनमा सामाजिक सञ्जाल र अल्गोरिदमको व्यापक दुरुपयोग भएको, सरकारले मापसे मोडलमा पनि नियन्त्रण गर्न नसकेको, भदौ २३ गतेको घटनापूर्व कुनै तयारी नभएको र युवा तथा कार्यकर्तालाई प्रभावकारी काउन्टर दिन नसकेको बताए।

उनले भने, ‘जनताको नाममा प्रतिरोध गरेर अध्यक्षलाई समाप्त गर्ने योजना थियो। हामीले उहाँलाई गुण्डुमा लगेर सुरक्षित राख्यौं। अन्यथा निशाना विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरूमा पर्थ्यो।’

बस्नेतले विगत दुई वर्षदेखि आफूमाथि निरन्तर आक्रमण भइरहेको र यो व्यक्तिगत नभई सम्पूर्ण नेतृत्वलाई कमजोर पार्ने योजनाको हिस्सा भएको दाबी गरे।

बस्नेतले भने, ‘अवसरवादी बनेर अध्यक्षलाई दुःख दिने राजनीति म गर्दिनँ। आवश्यक परे राजनीति नै छाड्न तयार छु, तर घात गर्दिनँ।’

बस्नेतले बैठकमा पार्टी सुधारका लागि विभिन्न प्रस्तावहरूसमेत अघि सारेका छन् ।

प्रस्तावहरू

एमालेको डिजिटल प्लेटफर्म बलियो बनाउन छुट्टै जनसंगठन निर्माण गर्नुपर्ने
युवा, विद्यार्थी र सुकुम्बासी केन्द्रित संगठनहरूलाई सक्रिय बनाउने
संविधान संशोधन समितिमा बालेनको पीएको सट्टा ऐन महर वा क्षितिज थेवेलाई संयोजक बनाउनुपर्ने
निर्वाचन समीक्षा समितिमा चुनाव हारेका नेताहरू नराख्ने
अध्यक्ष ओलीले नै राजनीतिक प्रतिवेदन तयार पार्ने

यो बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलले पनि ओलीको बचाउ गरेका थिए । बैठकमा ओलीको नेतृत्वलाई लिएर मतभेद देखिएको छ।

नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा नेताहरू आइतबार बोलिसकेका छन् । सचिवालय बैठकमा अधिकांश नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने मत राखेका छन् ।

तर उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतसहितले अध्यक्ष ओलीको बचाउ गर्दै संकटको बेला नेतृत्वविरुद्धक आक्रमण आपराधिक हुने बताएका छन् ।

के भने बस्नेतले ?

१) अध्यक्ष केपी शर्मा ओलीलाई बालेन र सुदनले सपथ खाएको २४ घण्टा नबित्दै गिरफ्तार गरियो। कुनै आरोप पुष्टि गर्न नसकेपछि अदालतले १३ दिनपछि रिहा गर्‍यो। स्वभाबिक उहाँ कष्टडीबाट घर फर्किन चाहनुहुन्थ्यो, तर त्यतिबेला डाक्टरको सल्लाह मुताबिक उहाँलाई दुईवटा अपरेशन (पत्थरी र हर्नियाको ) गर्न टिचिङ्ग अस्पताल भर्ना गरियो।

अपरेशन पछि पनि निमोनिया र इन्फेक्सनसँग जुधिरहनुभएको संवेदनशील स्वास्थ्य अवस्थामा हुनुहुन्थ्यो। यस्तो बेला पार्टीले नेतृत्वको रक्षा गर्दै सशक्त प्रतिरोधी आन्दोलन गर्नुपर्ने अवस्थामा अध्यक्ष फेर्ने कुरा उठाउनु गैरजिम्मेवार र अपराधिक मानसिकता हो भन्ने मेरो स्पष्ट धारणा हो।

२) सोही समयमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका कमरेड रामबहादुर थापा ‘बादल’ले व्यक्त गर्नुभएको साम्राज्यवादी शक्ति , अल्गोरिदम मार्फत युवाहरूलाई गलत ढंगले परिचालन र राज्यको संयन्त्र सेना , प्रहरी लगायतको दुरुपयोग गरी निर्वाचन परिणाम निकालिएको भन्ने विषयमा राख्नु भएको धारणा सच्याउने निर्णय गर्नु गल्ती भएको छ।

साम्राज्यवादी शक्ति कलको रिदम मार्फत युवाहरूलाई गलत ढंगले परिचालन र राज्यको संयन्त्र सेना प्रहरी लगायतको दुरुपयोग गरी निर्वाचन परिचालित गरिएको भन्ने विषय१) दुर्गा प्रसाईँविरुद्ध ३ वर्षअघि मंसिर १५ गते नेशनल युथ एसोशियसन नेपालको तर्फबाट प्रतिरोध गरिएको थियो।

३) अल्गोरिदम र सामाजिक सञ्जाल हाम्रो विरुद्ध करोडौं खर्च गरेर प्रयोग गरियो।

३) हाम्रो सरकारका अर्थमन्त्री र सञ्चारमन्त्रीले न त आवश्यक योजना बनाए, न कानुन निर्माण गरे, न त प्रहरी र कार्यकर्ता परिचालन गरेर “मापसे मोडल”मै सामाजिक सञ्जाल नियन्त्रण गर्न सके।

४) २३ गतेको घटना हुनुअघि देखिएका गतिविधि रोक्न सरकार र नेतृत्वबाट कुनै प्रभावकारी तयारी भएन। अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा हुनुहुन्थ्यो। त्यसपछि विधान अधिवेशनमा व्यस्त हुनुहुन्थ्यो। त्यसकारण यसको मुख्य जिम्मेवारी कार्यवाहक प्रधानमन्त्रीले लिनुपर्छ।

५) युवा र कार्यकर्ताको तर्फबाट प्रभावकारी काउन्टर दिने योजना बनाइएन।

६) विदेशी चलखेलविरुद्ध राज्यका संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन सकेनन्।

७) जनताको नाममा प्रतिरोध गरेर अध्यक्षलाई समाप्त गर्ने योजना थियो। हामीले उहाँलाई गुण्डुमा ल्याएर सुरक्षित राख्ने काम गर्‍यौं।

८) अन्यथा त्यसपछिको निशाना विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरू हुनुहुन्थ्यो।

९) हामीले प्रतिरोध गरेपछि केपी कमरेडपछि विरोधीहरूको प्रहार ममाथि केन्द्रित गरियो।

१०) विगत २ वर्षदेखि ममाथि व्यापक आक्रमण भइरहेको छ। कतिपय नेताहरूले यसलाई ‘महेशको निजी समस्या हो, प्रहरीले गाली गरेपछि यस्तो भएको हो’ भन्ने रूपमा बुझेको देखिन्छ। तर याद गरौं, हाम्रोविरुद्ध सबै नेतामाथि एक–एक वटा निजी मुद्दा लगाएर समाप्त गर्ने योजना भइरहेको छ।

११) हामीले कडा रूपमा प्रतिरोध नगरेको भए, जलेको पार्टी कार्यालय, अध्यक्षको घरमा भएको आक्रमणविरुद्ध ललकार नगरेको भए, र देशभर युवा परिचालन गरेर प्रतिरोध नगरेको भए, चुनावी दौरान छतमा बजेको घण्टी अन्ततः हाम्रो टाउकोमै बज्थ्यो।

१२) अहिलेको मुख्य चुनौती एमालेको डिजिटल प्लेटफर्मलाई प्रभावकारी रूपमा स्थापित गर्नु हो। त्यसैले यससँग सम्बन्धित छुट्टै जनसंगठन निर्माण गर्नुपर्छ। जनता र कार्यकर्ताले प्रतिरोध सुरु गरिसकेका छन्, तर नेताहरू अझै अलमलमा देखिन्छन्।

१३) युवालाई सुधार्ने, परिचालन गर्ने तथा मोर्चा संगठन र युवा केन्द्रित जनसंगठन सक्रिय बनाउनुपर्छ। जिम्मेवारी बाँडफाँट गर्दा यस पक्षलाई विशेष ध्यान दिनुपर्छ।

१६) संविधान संशोधन प्रक्रियामा बालेनको पीएलाई संयोजक बनाइएको छ। त्यसकारण हाम्रो शीर्ष नेतामध्ये होइन, समान हैसियतका नेता ऐन महर वा क्षितिज थेवेमध्ये कसैलाई संयोजक तोकिनुपर्छ। साथै, पीपीएलएको प्रतिनिधित्व पनि सुनिश्चित गरिनुपर्छ।

१७) निर्वाचन समीक्षा गर्न बन्ने समितिमा चुनाव लडेर हारेका नेताहरू बस्नु हुँदैन। रामबहादुर थापा नभए रघुजी पन्त, खगराज अधिकारी, पद्मा अर्याल वा छविलाल विश्वकर्मामध्ये कसैले नेतृत्व गर्नुपर्छ।

१८) अध्यक्षले नै नेतृत्व गरेर राजनीतिक प्रतिवेदन, निर्वाचन समीक्षा र संविधान संशोधनका विषय समेट्नुपर्छ, र सोही प्रतिवेदनलाई अन्तिम रूप दिनुपर्छ।

१९) पार्टी पुनर्गठनको कुरा गर्दा भदौ २३/२४ को सचिवालय बैठकमा सहभागी सबै दोषी छन्, सरकारका सहभागीहरू झन् बढी जिम्मेवार छन्।

२०) पार्टी पुनर्गठन होइन, पार्टीलाई पुनः ताजगी र ऊर्जासहित अघि बढाउनुपर्छ।

२१) डिप स्टेट, सेना–प्रहरी आतंक, पपुलिज्म, अराजकता र अवसरवादविरुद्ध लड्ने एकताबद्ध, जुझारु र डिजिटल अभियान निर्माण गर्नुपर्छ। युवालाई सुधार्दै संगठित रूपमा अघि बढ्नुपर्छ।

२२) सुकुम्बासी, युवा, विद्यार्थी, गरिब जनता र वर्गीय पक्षधर समुदायबीच पार्टीलाई बलियो रूपमा स्थापित गर्दै जनताको सामाजिक सरोकारका मुद्दा उठाउनुपर्छ।

२३) २०६४ सालमा पुष्पकमल दाहाल प्रचण्डको सामाजिक फासीवादविरुद्ध युथ फोर्स नेपाल निर्माण गरेर संघर्ष गर्दै अघि बढेजस्तै, फेरि त्यही ढंगले अघि बढ्न म तयार छु।

२४) अन्यथा अवसरवादी बनेर अध्यक्षलाई आफ्नो स्वार्थका लागि दुःख दिने, अतिरिक्त पद र भूमिका खोज्ने राजनीति म गर्दिनँ। अध्यक्षको संरक्षण र सपोर्ट गर्दा परेछ भने बरू राजनीति नै छाडेर बस्न तयार छु । घात गर्न सक्दिनँ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ३ : ५५ बजे

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर

‘रविको मुद्दा फिर्ताले नेपाल कालोसूचीमा पर्ने जोखिम बढ्यो’

काठमाडौं- नेपाल एक वर्षभन्दा लामो समयदेखि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ