इरान युद्धविरूद्धको प्रस्ताव अमेरिकी सिनेटबाट पारित, मध्यावधिअघि ट्रम्पमाथि दबाब बढ्दै « Khabarhub

इरान युद्धविरूद्धको प्रस्ताव अमेरिकी सिनेटबाट पारित, मध्यावधिअघि ट्रम्पमाथि दबाब बढ्दै


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी कांग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्धको सैन्य कारबाही रोक्न कांग्रेसको स्वीकृति लिन निर्देशन दिने प्रस्ताव पारित गरेको छ।

मंगलबार रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले उक्त प्रस्ताव ५०–४८ मतले अनुमोदन गरेको हो।

यसअघि यही प्रस्ताव प्रतिनिधिसभाले पनि पारित गरिसकेको थियो। केही रिपब्लिकन सांसदहरूले डेमोक्र्याट सांसदहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरेका थिए।

यद्यपि प्रस्ताव दुवै सदनबाट पारित भए पनि यसलाई राष्ट्रपति ट्रम्पसमक्ष अनुमोदनका लागि पठाइने छैन र यसको कानुनी बाध्यकारी हैसियत पनि छैन। त्यसैले यसलाई मुख्यतः प्रतीकात्मक कदमका रूपमा हेरिएको छ।

इरानसँग ट्रम्प प्रशासनले अघि बढाएको शान्ति योजनाप्रति आफ्नै दलका केही सांसदहरूले समेत असन्तुष्टि जनाइरहेका बेला यो प्रस्ताव पारित भएको हो। इरानसँगको युद्ध पाँचौँ महिनामा प्रवेश गर्न लाग्दा जनसमर्थन पनि घट्दै गएको बताइएको छ।

प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले त्यसको आलोचना गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै प्रस्तावलाई ‘गलत समयमा ल्याइएको र अर्थहीन’ भनेका छन्।

‘इरानलाई पराजयको संघारमा पुर्‍याएको बेला अमेरिकी सिनेटले यस्तो अर्थहीन युद्ध अधिकारसम्बन्धी मतदान गरेको छ,’ ट्रम्पले लेखेका छन्।

उनले उक्त कदमले आफ्नो काम थप कठिन बनाएको दाबी गर्दै ‘म जे भए पनि आफ्नो लक्ष्य पूरा गर्नेछु’ भनेका छन्। यस निर्णयले आगामी नोभेम्बरमा हुने मध्यवाधि निर्वाचन ट्रम्पका लागि कठिन बन्न सक्ने देखिएको छ।

यस घटनालाई ट्रम्पको इरान नीति र युद्ध रणनीतिप्रति कांग्रेसभित्र बढ्दो असन्तुष्टिको संकेतका रूपमा विश्लेषण गरिएको छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १२ : ४५ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र