रास्वपाको महाधिवेशन नसकिँदै काठमाडौंतिर प्रधानमन्त्री बालेन « Khabarhub

रास्वपाको महाधिवेशन नसकिँदै काठमाडौंतिर प्रधानमन्त्री बालेन


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन नसकिँदै वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौं फर्किएका छन्।

महाधिवेशनमा सहभागी हुन तीन दिनअघि पुगेका प्रधानमन्त्री शाह बुधबार काठमाडौँ फिर्ता भएका छन् । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनी बिहान ११ बजेर ३१ मिनेटको उडानद्वारा काठमाडौँ प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेको थियो भने मङ्गलबारको बन्दसत्रमा सहभागी भएका थिए । 

महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित भएका छन् ।  यहाँ रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।

रास्वपाको महाधिवेशन अझै पनि जारी छ। केन्द्रीय सदस्यसहितका पदका लागि अझै पनि मतदानको टुंगो भइसकेको छैन।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १२ : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र