ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « Khabarhub

ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– व्यास नगरपालिकाका १३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । 

मोतियाबिन्दु रोगका कारण समस्यामा परेका १३ जना ज्येष्ठ नागरिकको आँखाको मंगलबार हिमालय आँखा अस्पताल, घारीपाटन पोखरामा शल्यक्रिया गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

शल्यक्रियापछि ज्येष्ठ नागरिकले पुनः स्पष्ट रूपमा देख्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले उपचारका लागि आवश्यक समन्वय, व्यवस्थापन तथा सहयोग गरेकामा व्यास नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् ।  

स्वास्थ्य शाखा प्रमुख सोतीले ज्येष्ठ नागरिकको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

व्यास नगरपालिकाले जलेश्वर ज्येष्ठ नागरिक सेवा केन्द्र व्यास–१ को सहकार्यमा सञ्चालन गरेको आँखा परीक्षण शिविरबाट मोतियाबिन्दु पहिचान भएका ज्येष्ठ नागरिकलाई शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन तथा सहजीकरण गरेको थियो ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ०६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र