जब चार युवाले मध्यराति आर्यघाटमा नग्न नृत्य गरे « Khabarhub

जब चार युवाले मध्यराति आर्यघाटमा नग्न नृत्य गरे


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशीको राजधानी सहर विराटनगरस्थित परोपकार घाटमा मध्यराति नग्न नृत्यमा संगल्न भएको आरोपमा आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले चारजना युवकलाई पक्राउ गरेको छ ।

सोमबार मध्यराति विराटनगर महानगरपालिका-१ स्थित परोपकार घाटको दाहसंस्कार स्थलमा हो-हल्लासहित निर्वस्त्र भएर अश्लील हर्कत र नृत्य गरेको प्रहरीले बुधबार जानकारी दिएको छ।

उक्त प्रकरणमा पक्राउ पर्नेमा विराटनगर-६ का ४४ वर्षीय शंकरमणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका-६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ का १८ वर्षीय मानस काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छविलाल घिमिरे छन् ।

उनीहरूले सार्वजनिक स्थलमा अश्लील तथा अमर्यादित गतिविधि गरेकाले पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। यस घटनाबारे उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र