जब चार युवाले मध्यराति आर्यघाटमा नग्न नृत्य गरे « Khabarhub

जब चार युवाले मध्यराति आर्यघाटमा नग्न नृत्य गरे


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशीको राजधानी सहर विराटनगरस्थित परोपकार घाटमा मध्यराति नग्न नृत्यमा संगल्न भएको आरोपमा आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले चारजना युवकलाई पक्राउ गरेको छ ।

सोमबार मध्यराति विराटनगर महानगरपालिका-१ स्थित परोपकार घाटको दाहसंस्कार स्थलमा हो-हल्लासहित निर्वस्त्र भएर अश्लील हर्कत र नृत्य गरेको प्रहरीले बुधबार जानकारी दिएको छ।

उक्त प्रकरणमा पक्राउ पर्नेमा विराटनगर-६ का ४४ वर्षीय शंकरमणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका-६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ का १८ वर्षीय मानस काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छविलाल घिमिरे छन् ।

उनीहरूले सार्वजनिक स्थलमा अश्लील तथा अमर्यादित गतिविधि गरेकाले पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। यस घटनाबारे उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : १७ बजे

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन