कक्षा १२ को नतिजा विवाद : माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी « Khabarhub

कक्षा १२ को नतिजा विवाद : माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएका छन्।

नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन्।

प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेव साह लगायत विद्यार्थीहरूले गरिरहेका छन्।

उनीहरूले ह्वाट्सएप समूह, टिकटक र इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमार्फत देशभरका विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्।

आन्दोलनको तयारीबारे बोल्दै रञ्जित कार्कीले विद्यार्थीहरूमाथि अन्याय भएको दाबी गरे।

‘हामीलाई अन्याय भएको छ। छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको छ। कतिपय विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिनसमेत समस्या भइरहेको छ’, उनले भने, ‘धेरै साथीहरूको अपेक्षाभन्दा फरक नतिजा आएको छ। त्यसैले हामी प्रदर्शनमा जान लागेका हौँ ।’

आयोजकहरूका अनुसार प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति प्राप्त भइसकेको छ।

यसका साथै, कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीसँग आवश्यक सुरक्षा व्यवस्थाका लागि समन्वय भइरहेको पनि उनीहरूले बताएका छन्।

विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।

कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर प्रश्न रहेको उनीहरूले बताए ।

परीक्षाको नतिजापछि चारजनाले आत्महत्या गरिसकेका छन्, हजारौं विद्यार्थीहरू अहिले तनावमा छन् ।

आयोजकहरूले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई भोलि माइतीघर मण्डलमा उपस्थित भई शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र विद्यार्थी अधिकारको पक्षमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।

उनीहरूले आफ्ना मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : ४३ बजे

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी