अशक्तलाई घरमै नागरिकता « Khabarhub

अशक्तलाई घरमै नागरिकता


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता उपलब्ध गराउन थालेको छ ।

यस क्रममा जन्मजात पूर्णरूपमा अपाङ्गता भएकी पाँचखाल नगरपालिका–४ की विनिता बोलखेलाई सोमबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ । 

शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असहज हुने भएकाले प्रशासनले विशेष व्यवस्था गर्दै घरमै सेवा उपलब्ध गराएको प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । उनीलगायतको टोलीले आवश्यक प्रक्रिया पुर्‍याई विनितालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । 

नागरिकता प्राप्त गरेपछि विनिताको परिवार खुसी भएको छ । विनिताका बुबा विष्णुप्रसादले नागरिकता प्राप्त गर्न सहज वातावरण बनाइदिएकामा सबैलाई धन्यवाद दिए । ‘अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवा प्राप्त गर्न विभिन्न कठिनाइ हुन्थ्यो, यो प्रशंसनीय छ’, उनले भने । 

यसअघि प्रशासनलको टोलीले रोगले ग्रसित पाँचखाल–२ की सुनिता वाइबालाई घरमै नागरिकता प्रदान गरेको थियो । क्यान्सर रोगका कारण घरबाहिर निस्कन नसक्ने अवस्थामा रहेकी उनलाई निवासमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको हो । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयले आवश्यकताको आधारमा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । उनले उमेर पुगेका अशक्त एवं अपाङ्गता भएका व्यक्तिका परिवारलाई कार्यालयमा सम्पर्क गर्न सार्वजनिक अपिल समेत गरेका छन् । 
 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : ४७ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र