ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड « Khabarhub

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ ।

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आज आज बसेको नवौँ नगरसभाको तेस्रो बैठकमा चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख ५१ हजार र पुँजीगततर्फ रु चार अर्ब २३ करोड ६९ लाख २७ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

उपप्रमुख शाक्यले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा र नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षा, लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवद्र्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य, प्रविधियुक्त एवं नागरिक मैत्री र जवाफदेही सेवा प्रवाह र प्रत्येक घरमा स्वच्छ खानेपानीलाई प्राथमिकता दिइएको जानकारी गराइएको छ ।

प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३६ करोड ५३ लाख ९० हजार र बागमती प्रदेश सरकारबाट रु १७ करोड ६३ लाख ९० हजार प्राप्त हुने अनुमान प्रस्तुत गरिएको छ ।

त्यस्तै आन्तरिक आयबाट रु तीन अर्ब ३५ करोड ५० लाख सङ्कलन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ । त्यस्तै अन्तर सरकारी अख्तियारीबाट रु एक अर्ब छ करोड २० लाख प्राप्त हुने अपेक्षा लिइएको उल्लेख गरिएको छ । विनियोजन बजेटको लागि नपुगे हुने रु एक अर्ब ४७ करोड नगद मौज्दातबाट बेहोरिने उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी गराए ।

महानगरले गत वर्ष रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेकोमा २०८३ को जेठ मसान्तसम्म रु तीन अर्ब ४३ करोड ७६ लाख ९१ हजारअर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको जानकारी उपप्रमुख शाक्यले जानकारी दिए ।

यसअघि असर ५ गते भएको नगरसभाको पहिलो बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रमको आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी गराए ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ८ : ४९ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट