आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन « Khabarhub

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ ।

सो अवधिमा कार्यालयले १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।

सङ्कलित राजस्वमा आयकर चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर आठ करोड आठ लाख ५५ हजार, ब्याज कर ३८ करोड १३ लाख एक हजार, मूल्यअभिवृद्धि कर दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्क तीन अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर ८४ हजार र अन्य कर पाँच करोड आठ लाख ३२ हजार छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०–८१ मा नौ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा आठ अर्ब ९३ करोड, आर्थिक वर्ष २०८१–८२ मा १० अर्ब ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा नौ अर्ब ६१ करोड राजस्व सङ्कलन गरेको थियो ।

तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०–८१ मा आठ दशमलव ७७ प्रतिशत, आर्थिक वर्ष २०८१–८२ मा सात दशमलव ६१ प्रतिशत र आर्थिक वर्ष २०८२–८३ मा सात दशमलव २८ प्रतिशत राजस्व वृद्धि भएको प्रमुख उप्रेतीले बताए ।

कुल ६० हजार ६७५ करदाता आवद्ध रहेको यस कार्यालयले जेन्जी आन्दोलन पछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको प्रमुख उप्रेतीले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ७ : ३७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको