बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी « Khabarhub

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको छ।

त्यही अराजकताको शिकार मंगलबार काठमाडौंको व्यस्त सडकमा एकजना महिला ट्राफिक प्रहरी कुटिएकी छन्।

काठमाडौंको नयाँ बानेश्वर चोकमा ड्युटीरत एकजना महिला ट्राफिक प्रहरी जवानलाई जुम्लाका २७ वर्षीय युवक राज कठायतले हातपात गरेका हुन्। महिला ट्राफिक प्रहरीलाई आक्रमण गर्ने ती युवकलाई प्रहरीले हिरासतमा लिएको छ।

मंगलबार बिहान काठमाडौं महानगरपालिका-१० स्थित पुरानो संसद् भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय कठायतले महिला ट्राफिक प्रहरीलाई आक्रमण गरेका हुन् ।

सडकमा ड्युटीरत प्रहरीलाई कुटेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए ।

प्रहरीका अनुसार बानेश्वर चोकस्थित आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले महिला प्रहरीसँग विवाद गर्दै आक्रमण गरेका थिए । कठायतलाई हिरासतमा लिएर घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ३ : २३ बजे

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा