रास्वपा नेता कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशकबीच भेटवार्ता « Khabarhub

रास्वपा नेता कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशकबीच भेटवार्ता


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लण्डन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सदस्य हिक्मतजंग कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक तथा पूर्वप्रधानमन्त्री ऋषि सुनकका सल्लाहकार अमित जोगियाबीच लण्डनमा भेटवार्ता भएको छ ।

भेटमा नेपाल–बेलायत ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र दुई राजनीतिक दलबीच संवाद, सहकार्य तथा अनुभव आदानप्रदानका सम्भावनाबारे छलफल भएको थियो ।

उक्त अवसरमा नेता कार्कीले नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढी तथा त्यसपछिको अवस्थाबारे जानकारी गराए ।

बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतका प्रयास र प्रभावित क्षेत्रमा परेको दीर्घकालीन असरबारे पनि उनले जानकारी गराएका थिए । 

उनले बाढीका क्रममा सम्पर्कविहीन भएका बेलायती नागरिकहरू तथा उनीहरूका परिवारजन र प्रियजनप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गरे । यसका साथै, विपद्को कठिन परिस्थितिमा बेलायत सरकारबाट प्राप्त सहयोग तथा मानवीय सहायताप्रति धन्यवाद व्यक्त गरे ।

नेता कार्कीले रास्वपाको राजनीतिक दृष्टिकोण तथा नेपाल सरकारका आर्थिक विकास, सुशासन, वैदेशिक लगानी, निजी क्षेत्रको प्रवर्द्धन र रोजगारी सिर्जनासम्बन्धी प्राथमिकताबारे पनि जानकारी गराए ।

अमित जोगियाले नेपाल–बेलायत सम्बन्धप्रति सकारात्मक धारणा व्यक्त गर्दै आगामी दिनमा रास्वपा र बेलायती कन्जरभेटिभ पार्टीबीच सम्बन्ध, संवाद तथा सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताए ।

भेटमा दुई दलबीच संस्थागत तथा पार्टी–टु–पार्टी सम्बन्ध स्थापना गर्ने विषयमा समेत छलफल भयो । नेता कार्कीले नेपाल फर्किएपछि रास्वपाको केन्द्रीय नेतृत्वसँग आवश्यक परामर्श गरी यस विषयमा आवश्यक पहल गर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १० : १७ बजे

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा