युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु : कसरी खुल्यो रहस्य ? « Khabarhub

युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु : कसरी खुल्यो रहस्य ?


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – युक्रेन युद्धमा रुसले करिब पाँच लाख सैनिक गुमाएको तथ्य उसकै सरकारी तथ्याङ्कबाट बाहिरिएको छ। बिबिसीले विश्लेषण गरेको रुसी सरकारी तथ्याङ्क निकाय ‘रोसस्टाट’ विवरणअनुसार सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु भएयता कम्तीमा ४ लाख ९० हजार ३ सय ३४ रुसी सैनिकको मृत्यु भएको बिबिसीको खबरमा उल्लेख छ ।

बेलारुसी ह्याकर समूह ‘साइबर पार्टिसन्स बिवाई’ र युक्रेनी समूह ‘साइलेन्ट क्रो’ ले ह्याक गरेपछि बिबिसी रसियनले सन् २०२१ देखि सेप्टेम्बर २०२६ सम्मका १ करोड १० लाखभन्दा बढी मृत्यु अभिलेखमा पहुँच पाएको थियो।

रुसी तथ्याङ्क निकायले साइबर आक्रमण भएको स्वीकार गरे पनि कुनै संरक्षित सूचना नचुहिएको दाबी गरेको छ। स्वतन्त्र रुसी सञ्चारमाध्यम ‘मिडियाजोना’ सँगको सहकार्यमा बिबिसी रसियनले खुला स्रोतबाट संकलन गरेको पुष्टि भएका सैनिक मृत्युको सूचीसँग रोसस्टाटको तथ्याङ्क तुलना गर्दा ९० प्रतिशत अभिलेख मेल खाएको छ।

सैन्य विज्ञका अनुसार बिबिसीले आधिकारिक प्रतिवेदन, सामाजिक सञ्जाल, नयाँ स्मारक र चिहानहरूबाट संकलन गरेको २ लाख ९० हजार १२ मृत्युको सूची वास्तविक मृतक सङ्ख्याको ४५ देखि ५५ प्रतिशत मात्र हुन सक्छ, जसअनुसार वास्तविक मृतक सङ्ख्या ५ लाख २७ हजार २ सय ९५ देखि ६ लाख ४४ हजार ४ सय ७१ सम्म पुग्न सक्ने अनुमान छ।

तथ्याङ्कअनुसार सन् २०२५ मा रुसमा ज्यान गुमाउने १८ देखि २४ वर्ष उमेर समूहका युवामध्ये ६५ प्रतिशतको मृत्यु युद्धका कारण भएको थियो भने २५ देखि ३४ वर्ष उमेर समूहमा यो दर ५९ प्रतिशत थियो। रुसका अति गरिब पूर्वी साइबेरियाली क्षेत्रहरू-त्युभा, बुरियातिया र जाबायकाल्स्की क्राईका पुरुषको युद्धमा मृत्यु हुने सम्भावना मस्को र सेन्ट पिटर्सबर्गका बासिन्दाको तुलनामा २० देखि २५ गुणा बढी देखिएको छ।

युक्रेनका १० वटा स–साना गाउँ नियन्त्रणमा लिने लडाइँमा मात्र करिब २० हजार रुसी सैनिक मारिएका थिए, जहाँ युद्धअघि कुल १२ हजार मानिसको बसोबास थियो।

रुसका तर्फबाट लड्दै ज्यान गुमाउनेमा कम्तीमा ५ हजार १७ विदेशी नागरिकसमेत रहेका छन्, जसमा १ हजार ३१ उज्बेक र ७ सय २० ताजिक नागरिक समावेश छन्।

यसबाहेक स्याटेलाइट तस्बिर र प्योङयाङमा निर्मित नयाँ स्मारकको आधिकारिक तस्बिर विश्लेषणबाट सन् २०२४ मा युक्रेनी आक्रमण रोक्ने क्रममा २ हजार ३ सय ४ उत्तर कोरियाली सैनिक मारिएको बिबिसीले पहिचान गरेको छ।

उता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जुलाई २०२६ मा आफ्ना करिब ५० हजार सैनिक मारिएको बताए पनि खुला स्रोतमा आधारित ‘युए लसेस’ वेबसाइटले १ लाख १५ हजार ९ सय ५२ युक्रेनी सैनिकको मृत्यु भएको उल्लेख गरेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : ०७ बजे

लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लैङ्गिक हिंसा अन्त्यका लागि सबै

यौन हिंसासम्बन्धी विधेयक संशोधन गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरूले यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो रहेको भन्दै आवश्यक

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन– पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण

पुस्तौँदेखिको आस्थाको धरोहर रामबोले, फूलको डोलीदेखि बलि पूजासम्मको परम्परा

दोलखा– फूलको डोली, सोली, पञ्चेबाजा र परम्परागत बलि पूजाले हरेक

उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री साह

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगी तथा व्यवसायीले