नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान « Khabarhub

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरूलाई आह्वान गरेकी छन् ।  

आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरूलाई आह्वान गरेकी हुन्  । 

उनले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभई आफै डटेर सामना गर्नुपर्नेमा जोड दिइन् । अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न उनले आग्रह गरिन्

समारोहमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेकी हुन् । 

तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरेकी थिइन् । 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १ : ३० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका