साढे ६ लाख संगठित सदस्यको मोबाइलमा एकसाथ ओलीको पत्र, प्रचार विभाग भन्छ : १२ लाख कार्यकर्ता चुनावी अभियानमा खटिए « Khabarhub

साढे ६ लाख संगठित सदस्यको मोबाइलमा एकसाथ ओलीको पत्र, प्रचार विभाग भन्छ : १२ लाख कार्यकर्ता चुनावी अभियानमा खटिए


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साढे ६ लाखभन्दा बढी पार्टी सदस्यहरूलाई आगामी फागुन २१ को चुनावबाट पार्टीलाई बहुमतमा ल्याउने भूमिका खेल्न सन्देश पत्र पठाएका छन् । शनिबार साँझदेखि पार्टी सदस्यहरूको मोबाइलमा उक्त पत्र पुगेको छ ।

एमालेको पछिल्लो नवीकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना छन् । यो संगठित पार्टी सदस्य संख्या ११ औँ महाधिवेशनसम्मको हो ।

यसबीचमा कतिपय संगठित सदस्यले पार्टी छोडेका छन् भने कतिको मृत्यु भएको छ । त्यससँगै कतिपय संगठित सदस्यहरुको मोबाइल नम्बर परिवर्तन, अनलाइन सिस्टममा समस्या आएका कारण सबै सदस्यहरुकहाँ एकै पटक सन्देश पत्र पुग्न नसकेको पार्टी आईटी विभागले जनाएको छ ।

अध्यक्ष ओलीको फोटोसहित हस्ताक्षर गरिएको सन्देश पत्रमा भनिएको छ– ‘क. .. यहाँलाई अवगत नै छ– आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार–जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु ।’

अध्यक्ष ओलीको यो सन्देशले कार्यकर्ता र मतदातामा सकारात्मक तरंग लिएको प्रचार संयोजक केन्द्रीय सदस्य मीनबहादुर शाहीले बताए ।

एमालेका नेता, कार्यकर्ता तथा संगठित सदस्यहरु अहिले आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । अहिले एमाले पार्टी कार्यालय ललितपु च्यासल सुनसान देखिन्छ ।

एमालेको संगठित यो संख्यासँगै केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा, टोल, प्रावस, जनसंगठन, विभाग, सल्लाहकार गरी ६४ हजार ७ सय ६ कमिटीमा पार्टी फर्मेशन छ ।

यस्तो छ संगठनको अवस्था

त्यसमध्ये जन संगठनहरुको संख्या यकिन तथ्याङ्क अध्यावधिक भएका छैनन् । सबै अध्यावधिक हुँदा यो संख्या बढ्छ । यी कमिटीहरूमा करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य आबद्ध छन् ।

केही निवेदन आएका र कमिटीमा बसेका करिव डेढ लाख सदस्यहरु संगठित हुन बाँकी रहेको एमाले प्रचार विभागले जनाएको छ ।

पार्टीको सांगठनिक संरचनाको तथ्याङ्क अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी छन् ।

त्यसैगरी वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ छ ।

प्रदेश अन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १ सय ३६ पालिका कमिटी छन् । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी ७ हजा १ सय १ छन् । कोशी प्रदेशमा कुल ८ हजार ४ सय ८ कमिटी छन् ।

त्यसैगरी मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १ सय ३६ पालिका, १२ सय ७१ वडा, ६ हजार ५ सय १५ टोल कमिटी गरी कुल ७ हजार ९ सय ३० छन् ।

बागमती प्रदेशतर्फ १३ जिल्ला, १ सय ११ पालिका, ११ सय २१ वडा, १४ हजार २ सय ६ टोलसहित कुल १५ हजार ४ सय ५१ कमिटी छन् ।

गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७ सय ५९ वडा, ५५ सय ६० सय टोल गरी कुल ६ हजार ४ सय १५ कमिटी छन् ।

लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९ सय ८३ वडा, ९ हजार २ सय ६७ टोल गरी कुल १० हजार ३ सय ७१ कमिटी छन् ।

कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७ सय १८ वडा, ६ हजार ४ सय ५३ टोलसहित कुल ७ हजार २ सय ६० कमिटी छन् ।

सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७ सय ३४ वडा, ५ हजार ८ सय ५० टोलसहित गर्दा कुल ६ हजार ६ सय ८१ कमिटी छन् ।

त्यसैगरी समन्वय सम्पर्क अन्तर्गत ७ जिल्ला, ७४ पालिका, ७ सय ४३ वडा कमिटी गरी कुल ८ सय २४ वटा सम्पर्क समन्वय कमिटी छन् ।

प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १ सय ११ कमिटी छन् ।

प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १ सय ४१ पालिका, ४ सय १६ वडा तह गरी कुल ५ सय ६७ कमिटी छन् ।

तथ्याङ्कअनुसार जिल्ला तहमा ९ हजार ७ सय ७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६ सय ३३ । वडामा १ लाख ७४ हजार २ सय ४५ । टोलमा २ लाख १ हजार ३ सय ६४ जना रहेका छन् ।

अहिले चुनाव परिचालनका लागि यी सबै कमिटी सक्रियताका साथ फिल्डमा रहेको प्रचार संयोजक शाहीले बताए । अध्यक्ष ओलीको सन्देश पत्रबाट थप उत्साहसहित नेता, कार्यकर्ता, संगठित सदस्य टोलटोलमा पुगेका उनले बताए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ४६ बजे

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा